के तपाईँलाई थाहा छ ? हवाईजहाजमा ट्वाइलेट भन्दा फोहोर हुन्छ ट्रे टेबल !



काठमाडौं । घण्टौ आरामदायी हवाइ यात्रा गरेपछि पनि किन तपाईँ थकित भएको अनुभव गर्नुहुन्छ ? आज आमी तपाइलाई यसको बारेमा केही रोचक तथ्य बताउने प्रयास गर्ने छौ ।

१. एउटा फ्लाइटमा लगभग १ सय जना बढी मानिसहरु एक साथ यात्रा गर्ने गर्छन् । यस्तो अवस्थामा घण्टौ एउटा बन्द ठाउँमा बस्नुका कारण एकअर्काको शरिरबाट निस्कीएको ब्याक्टेरिया सासको माध्यमबाट तपाईको शरिरमा पुग्न छ ।

खासगरी सिटको कुना कुनामा लुकेर बसेको ब्याक्टेरीयाका कारण एउटा स्वस्थ व्यक्ती समेत थकित महसुस गर्ने गर्छ । हुन त प्लेनमा सर सफाइको राम्रो ख्याल राख्ने गरिएको हुन्छ । त्यसका बावजुद केही त्यस्ता ठाउँहरु हुने गर्छन् जहाँ ब्याक्टेरीया उत्पन्न हुने गर्छन् ।

२. सिटको छेउमै ट्रे टेबल राखिएको छ भने त्यो तपाईको लागि हाइजिनिक हैन । एउटा अनुसन्धानमा भेटिएको छ फ्लाइटमा हुने ट्रे टेबलमा ट्वाइलेटमा राखिएको फ्लशमा भन्दा धेरै किटाणु हुने गर्छ ।

३. ट्वाइलेटमा कति धेरै किटाणु हुने गर्छ त्यो सबैलाई थाहा भएकै कुरा हो । हवाइ जहाजको ट्वाइलेट प्रयोगगर्दा सिदै हातको प्रयोग गर्नुभन्दा ट्वाइलेट पेपर प्रयोग गर्नु उचित हुन्छ ।

४. प्लेनको सिटको पकेटमा राखिएको सामान जस्तै म्यागेजिन वा पेपर जस्ता सामान पनि ब्याक्टेरियाको घर नै हुने गर्छ । तपाईभन्दा अघि धैरै मानिसले त्यो म्यागेजिनलाई समातेको हुन्छ । उनीहरुको हातमा भएको ब्याक्टेरिया तपाईमा सर्न सक्छ । हवाइ जहाजको यात्रा गर्दा यी चिजहरुलाई जति आफुबाट टाडा राख्नुहुन्छ त्यती नै तपाईँ स्वास्थ हुन सक्नुहुनेछ ।

५. हाम्रो शरिरमा एउटा हड्डि हुने गर्छ र त्यो हड्डि आफ्नो तरिकाले शरिरको फरक फरक परिस्थितिमा ढल्ने गर्छ । प्लेनमा घन्टौसम्म एउटै वातावरणमा रहनुले बडी क्लक सिस्टममा समस्या उत्पन्न हुने गर्छ । त्यस कारणले स्वस्थ मानिसले पनि आफूलाई थकित महसुस गर्ने गर्छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु