थाइल्याण्डका राजा भूमिबल जसको अन्तिम संस्कारको खर्च १० अर्बभन्दा बढी



मानिसहरु जन्म विवाहमा अत्याधिक खर्च गर्छन् । अझै विवाहमा त खर्च नियन्त्रणमा नै आएको हुँदैन । मानिसहरु आफ्नै खर्च क्षमता अनुसार विवाहमा खर्च गर्छन् ।

तर,कसैको मृत्युमा भने खर्च निकै कम हुन्छ । दुःखमा खर्च कम गर्ने प्रचलन हुन्छ । तर,केही खर्च भने सांस्कृतिक कारणबाट मृत्युमा पनि हुन्छ ।

थाइल्याण्डका राजा भूमिबल अतुल्यदेजको मृत्युमा भने १० करोड अमेरिकी डलर अर्थात १० अर्ब रुपैयाँ नेपाली रुपैयाँ खर्च भएको छ ।

थाइल्याण्डका राजा अतुल्यदेजको गतवर्ष निधन भएको थियो । उनको अन्तिम संस्कारको कार्यक्रम एकवर्ष चलेको थियो ।

नेपालबाट पनि रक्षामन्त्री भीमशेनदास प्रधान अन्तिम संस्कारमा सहभागी हुन थाइल्याण्ड पुगेका थिए ।
८८ वर्षको उमेरमा निधन भएका अतुल्यदेजले थाइल्याण्डमा राजगद्धी सन् १९४६ मा सम्मालेका थिए । गत वर्ष निधन भएपनि उनको यही अक्टुबर २६ मा अन्तिम संस्कार भएको थियो ।

राजा भूमिबलको अन्तिम संस्कारको लागि ४० तलाको सुनको रथ बनाइएको थियो । जसको लागत ९ करोड अमेरिकी डलर पर्छ । अन्तिम संस्कारको लागि खर्चको रकम भने १० अर्बभन्दा अझै बढी हुन्छ । मुख्य खर्च सुनको रथ बनाउन लागेको थियो ।

थाइल्याण्डमा सबैभन्दा बढी राजा भएका भुमिबल व्यवसायको मामलामा पनि अगाडि थिए । उनको रियलस्टेट र हिराको व्यवसाय थियो ।

फोब्र्स म्यागेजिनका अनुसार उनको सम्पत्ती २ अर्ब अमेरिकी डलर थियो । ऐजेन्सी


क्लिकमान्डु