हकप्रदमा आस्वा तथा उपत्यका वाहिरवाट सेयर लिलामी भर्न सकिने



काठमाडौं । धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनमा पनि आस्वा सेवा लागु गर्ने भएको छ ।

यस्तै बिक्री नभएको हकप्रद सेयर लिलामीबाट काठमाडौं बाहिरबाट पनि भर्न सकिने व्यवस्था गर्ने बोर्डले निर्देशन दिएको छ ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सम्पूर्ण धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट वैकर तथा आस्वा सदस्यहरु परिपत्र जारी गर्दै हकप्रदमा आस्वा तथा काठमाडौं बाहिरबाट सेयर भर्ने व्यवस्था मिलाउन भनेको हो ।

बोर्डले ३ बुँदे निर्देशक दिदै काठमाडौं उपत्यका बाहिर कम्पतीमा लाई देहाय अनुसारका व्यवस्था गर्नरगराउन परिपत्र गरिएको छ  ।

विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्ने मिलाउन भनेको छ ।

विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्ने मिलाउन भनेको छ ।

यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, धितोपत्र दलाल व्यवसायीले वोर्डमा पेश गर्नुपर्ने त्रैमासिक प्रतिवेदनमध्ये प्रत्येक दोस्रो तथा चौंथो त्रैमासिक प्रतिवेदनसँग र धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) ले पेश गर्नुपर्ने अर्धवार्षिक प्रतिवेदनसंग लेखापरीक्षकवाट प्रमाणित नियमपालना प्रतिवेदन बोर्डमा पेश गर्न भनेको छ ।


क्लिकमान्डु