साढे ३ अंकले घट्यो नेप्से, ४४ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ३.५१ अंकले घटेको छ । साढे ३ अंकले घटेको नेप्से १५३६.७२ अंकमा अडेको छ ।

आज १ सय ५६ कम्पनीका १४ लाख ९४ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४४ करोड ८३ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार जल विद्यृत समूह ७.६१ अंकले बढेको छ ।

बैंकिङ समूह १.३६, ट्रेडिङ समूह ५.९१, होटल समूह २.१२, विकास बैंक समूह १२.८३, , वित्तिय समूह २.३२, बीमा समूह ३१.७८, उत्पादन मूलक समूह ९ र अन्य समूह २.८९ प्रतिशतले घटेका छन् ।

मल्टीपर्पसप्रपोस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९.८५ प्रतिशतले कमाएका छन् ।

सिभिल लघुवित्त वित्तिय संस्थानका लगानीकर्ताले ९.०९ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल