आरबिआईका पूर्व गर्भनर राजन बन्लान् त अमेरिकाको फेडरल रिजर्बको प्रमुख



मान्छेको भाग्य भन्ने कुरा लेखेर आएपछि पाइन्छ , वा कर्मले प्राप्त गर्छ । यो विषयमा संसारभर वहस भइरहेको छ । बहस मानव जीवन रहेसम्म जारी रहन्छ ।
यस्तै भएको छ भारतीय रिजर्ब बैंक(आरबिआई)का पूर्व गर्भनर रघुराम राजनलाई ।

राजन आरबिआईका पूर्व गर्भनर हुन् । रसातलमा पुग्न लागेको अर्थतन्त्रलाई सुधार गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टीले समेत उनको प्रशंसा गर्यो ।

वास्तविकतामा अर्थतन्त्र रसातलमा पुगेको थियो वा थिएन त्यो आज पनि भारत भर बहसको विषय नै छ । तर, उनले रिर्जभ बैंकलाई राम्रैसँग ह्यान्डेल गरेका थिए ।

उदयीमान अर्थतन्त्रलाई एउटा शिखरमा पुर्याउन सफल भए । आज उनै राजन अमेरिकाको फेडरल बैंकको प्रमुख बन्ने चर्चा अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा सुरु भएको छ ।

ब्यारोनस् म्यागेजिनले राजन फेडरल बैंकको प्रमुख बन्न लागेको भन्दै समाचार प्रकाशित गरेको भारतीय समाचार एजेन्सी पिटिआईले समाचारमा जनाएको छ ।

के उनी फेडरल बैंक अमेरिकाको प्रमुख बन्लान् त पत्रिकाले प्रश्नबाट आफ्नो समाचार सुरु गरेको छ र उत्तर पनि आफै दिएको छ । हो उनी एक यस्ता विशिष्ठ रोजाई हुन् अमेरिकाको केन्द्रीय बैंकका लागि ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय भित्रै राजनलाई केन्द्रीय बैंकको प्रमुख घोषणा गर्ने अपेक्षा गरिएको छ । बैंकका सफल मानिएका अध्यक्ष जेन्ट यलनको कार्यकाल आगामी वर्षका सुरुमै सकिने छ ।

विश्वव्यापी रुपमा नै अमेरिकी बैंकको प्रमुख खोजी भइरहेको छ भने भारतीय नागरिक राजन उत्तम विकल्प हुन सक्छन् । ‘उनी नै उत्तम मध्येका उत्तम हुन, ’पत्रिकाले समाचार लेखेको छ ।

अमेरिकी केन्द्रीय बैंकले प्रमुख को बनाउने भनेर गरेको सूचीकरणमा विश्वका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको नाम समावेश छ ।

त्यसमध्ये ५० प्रतिशत भन्दा बढी विश्व सेयर बजारमा समेत कम्पनीको सेयर उकालो लगाउन सक्ने र त्यसलाई नै महत्व दिएर नेतृत्व गर्न सक्ने व्यक्तिको खोजी भइरहेको छ ।

‘वास्तवतमै कुरा भने यस्तो हो जसले खराब भन्दा खराब अवस्थामा पुगेको वित्तीय संस्थालाई कुशलतापूवर्क नेतृत्व गरेर सफलताको मार्ग प्रशस्त गरे, हामी त्यस्तै व्यक्तिःको खोजीमा छौ’पत्रिकाले भनेको छ ।

यसअघि पनि गैरअमेरिकी नागरिक क्यान्डा बोर्न मार्क क्यानरीले पनि अमेरिकी केन्द्रीय बैंकको नेतृत्व सम्हालेका थिए । उनी इङल्याण्डका थिए ।

पत्रिकाले समाचारमा भनेको छ उनी हुन सक्छन् भने राजन किन हुन सक्दैनन् ।
भारतीय नागरिक राजन ४० वर्षकै उमेरमा अन्तर्राष्ट्रिय वित्त निगमको प्रमुख अर्थशास्त्रीका रुपमा तीन वर्ष काम गरेको अनुभव पनि रहेको छ ।

सन् २००५ को अमेरिको वित्त संकट समाधानका लागि राजनले दिएको सुझावले काम गरेको थियो । धेरै अर्थशास्त्री मध्ये राजन पनि एक थिए, जतिबेला अमेरिकामा आर्थिक संकट चुलिएको थियो , समस्या समाधानका लागि उनले गरेको प्रयास एउटा सहनिय काम गरेका थिए ।

सन् २०१३ मा उनी रिजर्भ बैंक अफ इन्डियाको गर्भनरमा नियुक्त भएका थिए । काँग्रेस आई नेतृत्वको सरकारले नियुक्त गरेका राजन दोस्रो कार्यकाल पनि गर्भनर बन्न चाहन्थे ।

तर, भारतीय जनता पार्टीको एउटा खेमाका कारण उनी दोस्रो कार्यकाल गर्भनर बन्न सकेनन् । उनै राजन हाल शिकागो विश्वविद्यालयमा प्रोफेसरको रुपमा कार्यरत छन् ।


क्लिकमान्डु