पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मटितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य बढेर १३ सय ५० रुपैयाँ बनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएकोले आयल निगलेे मूल्य बढाउनु परेको जनाएको छ ।


क्लिकमान्डु