काठमाडौं-कुवेत उडान गर्न थपियो नयाँ एयरलाइन्स, अब ५ घण्टामै कुबेत पुगिने



काठमाडौं । वातानीय एयरवेजले काठमाडौं-कुवेत सिधा उडान गर्ने भएको छ । कुवेतको निजी एयरलाइन्स कम्पनी वातानीयले नेपालमा उडान गर्ने भएसँगै पहिलो पटक कुवेतमा सिधा उडान हुन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातानीय एयरवेजलाई नेपाल उडानको अनुमति दिएको हो । उक्त एयरवेजले अनुमति पाएसंगैं नेपालमा अव उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सको संख्या २९ वटा हुने भएको छ ।

नेपालसँग सिधा हवाई उडानमा कुवेत जोडिदाँ कुवेतमा रहेका नेपाली कामदारलाई फाइदा पुग्ने भएको छ ।

कुवेतमा रहेका ९० हजार भन्दा बढी नेपालीहरु कामदारहरुलाई विषेश फाइदा पुग्ने भएको हो ।

कुवेतमा ९० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान छ । नेपालसँग सिधा हवाई मार्गमा जोडिदा नेपाली कामदारहरुलाई विषेश फाइदा पुग्ने भएको हो ।

हाल भने फ्लाई दुवई, कतार एयरवेज, ओमन एयर लगायतले आफ्नो देशमा ट्रान्जिट गर्दै कुवेत लैजादैं आएको छ । जसका कारण घन्टौ ट्रान्जिटमा बस्नु पर्ने बाध्यताबाट नेपाली मुक्त हुने भएका छन् ।

कुवेत-काठमाडौं तथा काठमाडौं-कुवेत सिधा उडान पाँच घण्टाको मात्रै हुने छ । सन् २००५ बाट उडान थालेको वातानीय एयरवेजले हाल दुई वटा एयरबस ३२० जहाज मार्फत ७ वटा गन्तव्यमा उडान भर्दै आएको छ ।


क्लिकमान्डु