जलविद्युत कम्पनीमा लगानी गर्ने हो ? साढे ३ अर्ब बढी आइपिओ आउँदै




काठमाडौं । जलविद्युत कम्पनीको साधारण सेयरमा लगानी गर्ने योजनामा हुनुहुन्छ भने तपाइको लागि खुसीको खबर छ । विभिन्न जलविद्युत कम्पनीहरुले साधारण सेयर (आइपिओ) जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

धितोपत्र बोर्डले दिएको जानकारी अनुसार विभिन्न जलविद्युत कम्पनीले गरी ३ करोड ५४ लाख कित्ताभन्दा बढी सेयर जारी गर्न लागेका छन् ।

विभिन्न १६ वटा जलविद्युत कम्पनीले ३ करोड ५४ लाख ३९ हजार ७ सय ७१ कित्ता सेयर निस्कासन गर्न लागेको बोर्डले जानकारी दिएको छ । यति कित्ता आइपिओ जारी भए सर्बसाधारणले ३ अर्ब ५४ करोड ३९ लाख ७७ हजार रुपैयाँभन्दा बढी लगानीको अबसर पाउने छन् ।

यसरी आइपिओ जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिने कम्पनीहरुमा रसुवागढी, सान्जेन, कालिका, आँखुखोला, गज्र्याङ, जोशी, लगिङबुद्ध, युनिक हाइड्रेल, सिइडिवी, युनियन, मैलुङखोला, घलेम्दी, माउन्टेन, शुभम पावर र पन्चकन्या जलविद्युत आयोजना रहेका छन् ।

रसुवागडी जलविद्युत कम्पनीले १ करोड ६४ लाख २१ हजार कित्ता आइपिओ निस्कासन गर्न २०७४ बैशाख १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । रसुवागढीले प्रमोटर सेयरधनी कम्पनीका कर्मचारी, नागरिक लगानी कोषका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीलाई नियम अनुसार दिनुपर्ने सेयर दिन लागेको हो ।

कम्पनीको इस्यू म्यानेजरमा सिदार्थ क्यापिटल, एनआइबी क्यापिटल, ग्लोबल आइएमइ क्यापिटल र एनसियम मर्चेन्ट बैंक छन् । बोर्डले रसुवागढीले बुझाएको कागजातमा देखिएका कैफियत सुधार गर्न र आवश्यक देखिएका थप कागजपत्र राख्न भन्दै २०७४ असार १८ गते जवाफ पठाइसकेको छ ।

सान्जेन जलविद्युत कम्पनीले २०७४ बैशाख १२ गते ८७ लाख ६० हजार कित्ता साधार सेयर निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन गरेको छ । सान्जेनले बुझाएको कागजातमा देखिएका कैफियत सुधार गर्न र आवश्यक देखिएका थप कागजपत्र राख्न भन्दै बोर्डले २०७४ असोज ९ गते जवाफ पठाइसकेको छ । सान्जेनको इस्यू म्यानेजर नागरिक लगानी कोष छ । सान्जेनले प्रमोटर सेयरधनी कम्पनीका कर्मचारी, नागरिक लगानी कोषका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीलाई नियम अनुसार दिनुपर्ने सेयर दिन लागेको हो ।

विभिन्न १६ वटा जलविद्युत कम्पनीले ३ करोड ५४ लाख ३९ हजार ७ सय ७१ कित्ता सेयर निस्कासन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।

कालिका पावर कम्पनी लिमिटेडले ६ लाख आइपिओ जारी गर्न अनुमति माग्दै २०७४ असार २८ गते बोर्डमा निवेदन दिएको छ । कालिकाको इस्यू म्यानेजरमा काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेका छन् । कालिकाले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।

आँखुखोला जलविद्युत आयोजनाले ८ लाख कित्ता आइपिओ जारी गर्न अनुमति माग्दै २०७३ जेठमा नै निवेदन दिएको हो । आँखुखोलाले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । यस्तै गज्र्याङ उपत्यका जलविद्युत कम्पनीले पनि २०७३ असोज १४ गते २ लाख कित्ता आइपिओ जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । गज्र्याङले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।

यस्तै जोशी हाइड्रोपावर डेब्लपमेन्ट कम्पनीले ३ लाख ७१ हजार ४ सय कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७३ पुस १२ गते बोर्डमा निवेदन दिएको छ । जोशीले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।

लगिङ बुद्ध पावर नेपालले ९ लाख ७८ हजार कित्ता आइपिओ जारी गर्न अनुमति माग्दै २०७४ जेठ ३१ गते निवेदन बुझाएको हो । लगिङ बुद्धले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।

यूनिक हाइड्रेलले ५ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग्दै बोर्डमा २०७४ जेठ ३१ गते निवेदन दिएको छ । युनिकले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।

सिइडिबी हाइड्रोफन्डले २२ लाख ८९ हजार ३०० कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७४ असार २७ गते बोर्डमा निवेदन दिएको छ । सिइडिबीले सर्बसाधारणको लागि छुट्टयाएको सेयर निस्कासन गर्न लागेको हो ।

युनियन हाइड्रो पावरले ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर निस्कासन गर्न अनुमति माग्दै २०७४ साउन २९ गते बोर्डमा निवेदन दिएको छ । युनियनले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।

मैलुङखोला जलविद्युतले ७ लाख ३६ हजार २८६ कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७४ असोज २० गते बोर्डमा निवेदन दिएको छ । यो सेयर सर्बसाधारणको लागि हो ।

घलेम्दी हाइड्रोले ५ लाख ५० हजार कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७४ असोज २५ गते बोर्डमा निवेदन दिएको छ । घलेम्दीले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । यस्तै माउन्टेन हाइड्रो नेपालले १२ लाख ५० हजार कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७४ असोज २५ गते बोर्डमा निवेदन दिएको छ । माउन्टेनले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।

बोर्डले दिएको जानकारी अनुसार शुभम पावरले २ लाख कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७३ चैत १८ गते नै निवेदन दिएको छ । शुभमले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । यस्तै पञ्चकन्या माइ हाइड्रो पावरले ११ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने अनुमति माग्दै २०७४ बैशाख २९ गते बोर्डमा निबेदन दिएको छ । पन्चकन्याले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।


क्लिकमान्डु