डिसहोमको प्रायोजनमा नेपालमा दोस्रो अन्तर्राष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता हुने



काठमाडौं । डिशहोम र नेपाल रिगं रेस्लिङ संघको संयुक्त आयोजनामा यहि कार्तिक २५ गते र २७ गते दोस्रो अन्र्तराष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा २०७४ साल कार्तिक २५ गते र ईटहरी को ठुलो जनता माविमा कार्तिक २७ गते हुने ‘दोश्रो अन्तर्राष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता २०१७’ मा ८ देशका व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुनेछ ।

अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिहं, निल र माक्सम्यान ले सहभागिता पक्का गरिसकेका छन् ।

नेपालका तर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साईन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लर द्धय सोफी र दिलासा को सहभागिता जनाउने छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डे ले प्रतियोगिताका खेलहरु खेलाउनेछन् ।

यो प्रतियोगिता डिशहोमको मुख्य प्रायोजनमा हुन गइरहेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।

रेस्लिगंप्रेमी दर्शकहरुले प्रतियोगितास्थलमै गएर हेर्नको लागि भने काठमाडौंको लागि ई-सेवाको कुनैपनि काउन्टर बाट वा Meroshows.com बाट टिकट लिन सक्नुहुनेछ । इटहरीमा हुने प्रतियोगिता भने स्थानीय श्री राष्ट्रिय जागृती क्लबले आयोजना गर्नेछ ।


पुष्प दुलाल