कसरी १९ बर्षको उमेरमा सिइओ बनेर काम गर्दै छिन् श्रीलक्ष्मी ?




काठमाडौं । आज विश्व नै वेभबाट चल्लन सुरु भएको छ । वेभ डिजाइनर शब्द सुन्न जति सजिलो हुन्छ, बनाउँन त्यतिनै कठिन पनि छ ।

भारतको श्रीलक्ष्मी सुरेशले १९ वर्षकै उमेरमा युवा वेब डिजाइनर र उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेर विश्व रेकर्ड कायम गर्न सफल भएकी छिन् । उनि विश्वकै सबैभन्दा कम उमेरको प्रमुख कार्यकारी अधिकृत हुन् ।

३ बर्षको बाल्यकालमा नै उनका बुबाले खोलौनाको ठाँउमा छोरीलाई ल्यापटप दिएका थिए । उनको मुख्य खेलौना नै कम्पीयुटर थियो । ८ वर्षको उमेरमा उनले आफ्नो स्कुलको पहिलो वेभ साइड बनाएकी थिइन् ।

१९ बर्षको उमेरमा उनले ४० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेकी छिन् ।

‘ठुला कम्पनीको कामगर्न अझै कठिन छ । ठुला मानिसलाई सहज भेट्न सकिदैन’ उनको गुनासो छ ।

श्रीलक्ष्मीका बुबा पेशाले कानुन व्यवसायी हुन् उनका अनुसार लक्ष्मीले कम्पीयुटरमा सर्बप्रथम एमएस पेन्टस्मा पिक्चर बनाउन सिकेकी थिइन् । त्यसपछि वेभसाइट बनाउन सिकेकी हुन् ।

उनको प्रतिभा देखेर स्कुलले आफ्नो वेभ साइट बनाउन लगाएको थियो । पहिले एमएसवर्डमा काम गर्ने उनि अहिले वेव साइट बनाउन अभ्यस्त छिन् ।

वेवसाइट बनाउनु अघि उनलाइ कसैले चिन्दैनथ्यो । आफ्नो काममा सफलता पाउन हरेक प्रोजेक्टमा खरो उत्रिन जरुरी थियो । यसको लागी मेहनत र लगाशीलता आवश्यक भएको उनको ठम्माई छ ।

‘ठुला कम्पनीको कामगर्न अझै कठिन छ । ठुला मानिसलाई सहज भेट्न सकिदैन’ उनको गुनासो छ । अहिले उनि ठुला कम्पनीको भन्दा घरेलु व्यापारीको प्रोजेक्ट गर्न मनपराउँछिन् । विदेशी कम्पनी प्रति उनीको खास रुची छैन ।

वेभ डिजाइनले उनको पढाइमा कुनै असर पारेको छैन । समय मिलाएर दुवैकाम सँगसँगै अघि बढाइ रहेकी छिन् । विद्यालय जानुपर्ने दिनमा पनि उनले २ देखी ४ घण्टा वेभ डिजाइनलाइ समय दिन्छन् । भविष्यमा सफ्टवयर इंजीनियर बन्ने उनको इच्छा छ । केन्फोलियोजबाट


क्लिकमान्डु