यी हुन् नोभेम्बरमा सार्वजनिक हुने सुविधासम्पन्न गाडी, कुनको मूल्य कति ?



काठमाडौं । चाडपर्व सिजन सकिएसंगै भारतीय बजारमा गाडी कम्पनीहरुले सेडान कार र स्पोर्टस् युटिलिटी भेकल (एसयुभी) गाडी लञ्च गर्ने तयारी गरेका छन् । रेनो क्याप्टर, न्यु फोर्ड इकोस्पोर्टस्, टोयटा लेक्सस एनएक्स ३०० एच, मर्सडीज एएमजी सिएलए४५ र जिएलए४५, मारुती सुजुकी सेलेरियो एक्स लगायतका कारहरु यहि नोभेम्बर महिनामै भारतीय बजारमा सार्वजनिक हुँदैछ ।

यी कारहरु मध्ये न्यु फोर्ड इकोस्पोर्टस्, मारुती सुजुकी सेलेरियो नेपाली बजारमा चाँडै आउने मध्येमा पर्छ भने अन्य गाडी समेत नेपाली बजारमा आउने छन् ।

कुन गाडीको मूल्य कति ? के छन् बिषेशता ?

रेनो क्याप्टर

रेनो गाडीले एसयुभी गाडी रेनो क्याप्टर गाडी सोमबार (आज) लन्च गर्दै छ । भारतीय बजारमा सफल हुने अनुमान गरिएको उक्त गाडी २५ हजार भन्दा बढीले बुक गरिसकेका छन् । आर्कषक डिजाइन र प्रिमियम क्लासको लागि उपयुक्त हुने दावी रेनो कम्पनीले गरेको छ ।
कम्पनीले १५ लाख देखि २० लाख भारु गाडीको मूल्य तोकेको छ ।

डिजेल इन्जिनको १ हजार ४ सय ९८ सीसी इन्जिन क्षमता रहेको छ । भने पेट्रोल इन्जिनको १ हजार ४ सय ६१ सीसी इन्जिन क्षमता रहेको छ । गाडीको ट्यांकी क्षमता ५० लिटर रहेको छ । स्पीड ६ गेयरमा रहेको छ ।

न्यु फोर्ड इकोस्पोर्टस्

आगामी बिहिबार नोभेम्बर ९ मा लन्च गर्ने तयारी गरिएको न्यु फोर्ड इकोस्पोर्टस् गाडी पनि एसयुभी मोडलको गाडी हो । डिजेल र पेट्रोल दुवै इन्जिन भर्सनमा रहेको उक्त गाडी कम्पनीले सन् २०१३ मा इकोस्पोेर्ट लन्च गरेको थियो ।

भारतमा मात्रै २ लाख भन्दा बढी संख्यामा बिक्री भएको इकोस्पोर्टस्को नयाँ भर्सन न्यु फोर्ड इकोस्पोर्ट पनि उपभोक्ता माझ लोकप्रिय हुने दावी कम्पनीले गरेको छ ।

कम्पनीले गाडीको मूल्य ७ लाख २१ हजार देखि १० लाख ९२ हजार भारु सम्म तोकेको छ । गाडीको इन्जिन क्षमता भने १ हजार ४ सय ९८ सीसी रहेको छ । भने तेलको ट्यांकी क्षतमा ५२ लिटर रहेको छ । माइलेजमा प्रतिलिटर २२ किलोमिटर दावी कम्पनीले गरेको छ ।

टोयटा लेक्सस एनएक्स ३०० एच

टोयटा गाडीले आगामी नोभेम्बर १७ मा टोेयटा लेक्सस एनएक्स ३००एच एसयुभि गाडी लन्च गर्ने तयारी गरेको छ । उक्त गाडी सवैभन्दा पहिले चीनमा भएको सांघाई मोटर शो मा सार्वजनिक गरिएको थियो ।

पेट्रोल इन्जिनमा रहेको उक्त गाडी १९४ पिएस पावरहर्ष क्षमता रहेको छ । गाडीको मूल्य ७४ लाख देखि ७८ लाख भारुसम्म तोकिएको छ ।

मर्सिडिज एएमजी सिएलए४५ र जिएलए४५

मर्सिडिज बेन्च सिएलए ४५ र जीएलए ४५ दुइवटा भर्सनमाको गाडी सार्वजनिक गर्न लागिएको छ । सेडान मोडलमा रहेका उक्त गाडी विलासी लागीको रुपमा कम्पनीले हेरेको छ । कम्पनीले मंगलबार नोभेम्बर ७ को दिन भारतमा लन्च गर्न लागेको गाडी १ हजार ९ सय ९१ सीसी इन्जिन क्षमतमा रहेका छन् ।

७ स्पीड डुअल क्लच र अटोमेटिक ट्रान्समिसन गाडीको मुख्य विशेषता हो । सिएलए ४५ को मूल्य ८२ लाख ४२ हजार भारु तोकिएको छ । भने जिएलए४५ को मूल्य ८५ लाख ७९ हजार तोकिएको छ ।

मारुती सुजुकी सेलेरियो एक्स

मारुती सुजुकी सेलेरियो एक्स भारतमै पहलो एएमटीमा अपग्रेड गरिएको गाडी हो । पेट्रोल इन्जिनमा रहेको उक्त गाडीको ५ स्पीड गेयर तथा अटोमेटिक गेयरबक्सको समेत सुविधा रहेको छ । गाडीको मूल्य ४ लाख ५० हजार देखि ५ लाख ५० हजार सम्म तोकिएको छ । बिभिन्न एजेन्सीको सहयोगमा


क्लिकमान्डु