कोरियाली लगानीकर्तालाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह



काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न दक्षिण कोरियाली व्यवसायीहरु इच्छुक भएका छन् ।

नेपालबाट पर्यटन र व्यापार प्रवद्र्धनका लागि गएको होटल संघ र नेपाल-कोरिया चेम्बरको २३ जनाको टोली स्वदेश फर्किएको छ । ७ दिने उक्त भ्रमण कार्यक्रममा नेपाली प्रतिधिमण्डलले दक्षिण कोरियाको प्रमुख मध्येको जी फेयर कोरिया नामक अन्तर्राष्ट्रिय व्यापार र पर्यटन मेलामा सहभागीता समेत जनाएको थियो ।

मेलामा नेपालले ‘नेपाल-तपाईंको पर्यटन र व्यापारको गन्तव्य’ नाम दिइएको नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना गरेको थियो ।

नेपालसँग पर्यटन र व्यापार गरिरहेका तथा गर्नु इच्छुक कोरियाली कम्पनीहरु सहभागी कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक रानु शाहले मल्टिमिडियामा आधारित नेपालको पर्यटनबारे प्रस्तुतिकरण गरेका थिए ।

होटल संघ नेपाल, कोरिया चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतिनिधिमण्डलको भमण कार्यक्रममा नेपाल पर्यटन बोर्ड र गैरअवासीय संघ कोरियाको सहयोग रहेको थियो ।

कार्यक्रममा होटल संघ नेपालका महासचिव विनायक शाहले नेपाली खानालाई विश्वव्यापीकरण गर्ने अभियान बारे जानकारी गराएका थिए । उनले कोरियामा सञ्चालित नेपाली रेस्टुरेन्ट व्यवसायीहरुको साथ र सहयोगको लागि आह्वान गरेका थिए ।


क्लिकमान्डु