कारोबार रकम र नेप्से परिसूचक दुबै घट्यो




काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.९७ अंकले घटेको छ । नेप्से ०.६० प्रतिशतले घट्दा १४८४ .४५ विन्दुमा झरेको छ ।

नेप्सकाअनुसार आज १ सय ५९ कम्पनीका ११ लाख २९ हजार २ सय ९ कित्ता सेयर खरिद बिक्रि भएका छन् । समग्र नेप्सेमा ४२ करोड ४४ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा हिजो भन्दा आज ९ करोड हाराहारीले कम भएको हो ।

ट्रडिङ समूह ०.५९ अंकले बढेको छ । त्यस बाहेक अन्य सबै समुहमा गिरावट आएको छ । बैंकिङ ७.४९, विकाश बैंक ६.३६, बीमा ४९.७३, माइक्रो फाइनान्स १७.६७, होटल ४६.९४, जलविद्युत २.८५, वित्त कम्पनी ७.३६, र अन्य समूह ४.३४ अंकले घटेका हुन् ।

आज सबैभन्दा बढी सुर्योदय लघुबित्त कम्पनीका लगानीकर्ताले ८.८ प्रतिशतले कमाउदा, काबेली बिकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ७.३१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु