यस्तो छ संसारकै तीब्र गतिमा गुड्ने कार, मूल्य १६ करोड नेपाली रुपैयाँ




काठमाडौं । अमेरिकी कम्पनी ‘हेनेसीको भेनम एफ ५’ संसारकै तीब्र गतिमा गुड्ने कार भएको दाबी गरिएको छ ।

अमेरिकाको लस भेगासमा चलिरहेको ‘अटोमोटिभ शो’ मा यो कार प्रदर्शन गरिएको छ । कम्पनीका अनुसार यसको अधिकतम गति ४ सय ८२ किलोमिटर प्रतिघण्टा छ ।

कम्पनीले जम्मा २४ वटा मात्र कार उत्पादन गरेको छ । परीक्षणको समयमा यसको गति ४३४ किलोमिटर प्रतिघण्टा पाइएको हो ।

एउटा कारको मूल्य करिब १६ करोड रुपैयाँ पर्ने बताइएको छ । यसमा भएको ७ हजार सिसीको इन्जिनका कारण १० सेकेन्डमै ३०० किलोमिटरको गति लिनसक्छ ।

भेनम भन्दा पहिले सर्बाधिक तीब्र गतिको कार बुगाटी भेरोनलाई मानिन्छ । यसको गति ४३४ किलोमिटर प्रतिघण्टा छ । दि इकोनोमिक टाइम्सबाट


क्लिकमान्डु