काठमाडौं उपत्यकाका १३ नगरपालिकाः ब्यूटी पार्लर ब्यवसाय गर्न कुन सस्तो कुन महंगो ?



काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकमा ब्यूटी पार्लर ब्यवसाय फस्टाउँदो क्रममा छ । सहरीकरण र महिलाहरुमा बढ्दो सुन्दरताको मोहले ब्यूटी पार्लर ब्यवसाय फस्टाएको हो ।

साधारण तालिम र थोरै लगानीमा ब्यवसाय संचालन गर्न सकिने भएकाले सहरी महिलाहरु ब्यूटी पार्लर व्यवसायमा आकर्षित भएको देखिन्छ । ३ देखि ६ महिनाको तालिम र २ देखि ३ लाख रुपैयाँको लगानीमा ब्यूटि पार्लर ब्यवसाय गर्न सकिन्छ ।

श्रृंगार सम्बन्धी जानकारी र आवश्यक उपकरण खरिद गरेर सानो ठाउँमा पार्लर व्यवसाय संचालन गर्न सकिन्छ । यसको जलन्त उदारण काठमाडौंका गल्लीपिच्छे खुलेका पार्लर गृहहरु हुन् ।

सहरी महिलाहरु सुन्दरताको मामलामा निकै बढी संवेधनशिल हुन्छन् । सुन्दरतालाई ह्रास हुनबाट जोगाउन महिलाहरु ब्यूटी पार्लर जाने गर्छन् । सहरका हरेक गल्ली र चोकमा खुलेका ब्यूटी पार्लरले सहरका स्त्रीको सुन्दरता कामय राख्न मद्दत गरेका छन् ।

काठमाडौं उपत्यका १३ वटा नगरपालिका र महानगरपालिकाले महिलाहरुको सुन्दरताको हेरचाह गर्ने ब्यूटी पार्लर संचालन मर्फत लिने करको बारेमा रिर्पोट तयार पारिएको छ ।

काठमाडौं महानगरपालिकाले सानो, मझौला र ठूलोगरी ३ समूहमा वर्गिकरण गरि ब्यूटी पार्लर र केश श्रृंगारसँग कर उठाउने गरेको छ । महानगरले ब्यूटी पार्लर र केश श्रृंगारबाट सानो ८ सय रुपैयाँ र मझौला १ हजार ५ सय रुपैयाँ र ठूलो २ हजार रुपैयाँ कर लिने गरेको छ ।

भक्तपुर नगरपालिकाले ब्यूटी पार्लर र केश श्रृंगार शीर्षकमा कर उठाउने गरेको छ ।

नगरपालिकाले ब्यूटी पार्लर र केश श्रृंगारको श्रेणी अनुसारको कर वर्गिकरण गरेको छ । ब्यूटी पार्लर क श्रेणी २ हजार ७ सय ५० रुपैयाँ, ख श्रेणी १ हजार ८ सय रुपैयाँ, ग श्रेणी १ हजार २ सय ५० रुपैयाँ छ । केश श्रृंगार क श्रेणी २ हजार रुपैयाँ, ख श्रेणी १ हजार रुपैयाँ छ ।

बुढानिलकण्ठ नगरपालिकाले ब्युटिपार्लर केश श्रृंगार शीर्षकमा कर लिने गरेको छ । नगरपालिकाले ब्यूटिपार्लर केश श्रृंगारको बार्षिक १ हजार रुपैयाँ कर दर कामय गरेको छ ।

चन्द्रागिरी नगरपालिकाकाले ब्यूटी पार्लर केश श्रृंगारका लागि श्रेणी अनुरुप कर दर कायम गरेको छ । नगरपालिकाले क श्रेणी १ हजार रुपैयाँ र ख श्रेणी ५ सय रुपैयाँका दरले कर उठाउने गरेको छ ।

दक्षिणकालि नगरपालिकाले सैलुन शीर्षकमा कर दर कायम गरेको छ । नगरपालिकाकाले ब्यूटी पार्लर पसलका लागि ३ सय रुपैयाँ र ब्यूटि पार्लर (तालिम समेट दिने) ५ सय रुपैयाँ कर लिने उल्लेख गरेको छ ।

गोदावरी नगरपालिकाले केश काट्ने शीर्षकमा कर उठाउने गरेको छ । नगरपालिकाकाले ब्यूटी पार्लर ३ हजार रुपैयाँ र केश काट्ने ठाउँ क समूह ३ हजार रुपैयाँ र समूह २ हजार रुपैयाँ कर शुल्क तोकेको छ ।

कागेश्वरी नगरपालिकाले ब्यूटी पार्लर/सैलुन तालिम दिनेलाई १ हजार रुपैयाँ र ब्यूटी पार्लर÷सैलुन पसललाई ५ सय रुपैयाँ लिने गरेको छ । साथै, कस्मेटिक पसलले १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

किर्तिपुर नगरपालिकामा ब्यूटि पार्लर र केश श्रृंगार व्यवसाय बापत बार्षिक ५ सय रुपैयाँ कर तिर्नुपर्छ ।

ललितपुर महानगरपालिकामा ब्यूटी पार्लर/सैलुन सहित तालिमको व्यवस्था भएकाले २ हजार ४ सय रुपैयाँ र ब्यूटि पार्लर/सैलुन पसले १ हजार ८ सय रुपैयाँ कर नगरपालिकालाई बुझाउनु पर्छ । साथै, कस्मेटिक पसलको हकमा १ हजार २ सय रुपैयाँ कर तोकिएको छ ।

मध्यपुर ठिमी नगरपालिकाले ब्यूटी पार्लर र केश श्रृंगारको श्रेणी अनुसार कर लिने गरेको छ । नगरपालिकाले ब्यूटी पार्लर र केश श्रृंगारको क श्रेणीमा १ हजार ५ सय रुपैयाँ र ख श्रेणीमा १ हजार रुपैयाँ छ ।

महालक्ष्मी नगरपालिकाले ब्यूटी पार्लर र केश श्रृंगार व्यवसायमा बार्षिक ५ सय रुपैयाँ कर दर कायम गरेको छ ।

नागार्जुन नगरपालिकाले कपाल काट्ने सैलुन, ब्यूटी पार्लर र कस्मेटिक पसलबाट १ हजार रुपैयाँ कर उठाउने गरेको छ ।

टोखा नगरपालिकाले ब्यूटी पार्लर, केश श्रृंगर र कस्मेटिक पसलबाट १ हजार रुपैयाँ कर संकलन गर्ने गरेको छ ।


पुष्प दुलाल