कार्टेलिङ गर्न हिमालयन एयरलाइन्सलाई दिल्ली उडान अनुमति दिइएन



काठमाडौं । हिमालय एयरलाइन्समा ९० प्रतिशत लगानी चिनियाँ रहेको आशंकामा दिल्लीको लागि उडान अनुमति नदिएको खुल्न आएको छ ।

हिमालय एयरलाइन्समा नेपाली व्यवसायी आङछिरिङ शेर्पा र तिब्बत एयरलाइन्सको लगानी छ ।

चिनियाँ लगानी एकातर्फ देखाउने कुरा भएपनि भारतिय एयरलाइन्सहरुले भाडा घटाउनु पर्ने भएकोले नेपाली एयरलाइन्सलाई दिल्ली उडान अनुमतिमा रोक लगाउन भारतीय दुतावास देखि नयाँ दिल्लीसम्म दवाव दिदैं आएका छन् ।

चीनको लगानी रहेको नजिकबाट नियालेका भारतीय दुतावासका कर्मचारीहरुले उडान सुरु गरेको तीन वर्षसम्म पनि कुटनीतिक क्लियरेन्स नदिँदा हिमालयले दिल्ली उडानको अनुमति नपाएको हो ।

काठमाडौं-दिल्ली रुटमा भारतका तीन र नेपाल एयरलाइन्सले दैनिक उडान गरिरहेका छन् । इन्डियन एयरलाइन्स, जेट एयरवेज, इन्डिगो एयर र नेपाल एयरलाइन्सले दैनिक उडान गरिरहेका छन् ।

२०७२ फागुनमा पहिलो एयरबस ए-३२० ल्याउनेवित्तिकै काठमाडौं-दिल्ली रुटमा व्यवसायिक उडान गर्नेरी अनुमतिको लागि प्रक्रिया थालेको एयरलाइन्सको उडान इजाजत प्रक्रियामै रहेको अधिकारीहरुले बताउँदै आएका छन् ।

‘हिमायलनमा ९० प्रतिशतसम्म चिनियाँ लगानी रहेको भारतीय अधिकारीहरुको आशंका गरेको उडान अनुमति नदिएको हो, दिने सम्भावना टर्दै गएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

सबैभन्दा बढी व्यापार र नाफा हुने मानिएको उक्त रुटमा उडान अनुमति नपाएको हिमालयले अन्यत्र भने उडान विस्तार गर्दै जाने बताउँदै आएको छ ।

काठमाडौं-दिल्ली रुटमा भारतका तीन र नेपाल एयरलाइन्सले दैनिक उडान गरिरहेका छन् । इन्डियन एयरलाइन्स, जेट एयरवेज, इन्डिगो एयर र नेपाल एयरलाइन्सले दैनिक उडान गरिरहेका छन् ।

नेपाल र भारतबीच भएको हवाई सम्झौता अनुसार सातामा ३० हजार सीट उपयोग गर्न पाउने व्यवस्था रहेको छ । दुवै तर्फबाट हुने उडानबाट उक्त सीट उपयोग भएको छैन । सीट उपयोग हुनेगरी काठमाडौ-दिल्ली उडान हुने हो भने सस्तो भाडामै दिल्ली उडान गर्न नेपाली यात्रुहरुले पाउने छन् ।

पहिलो व्यवसायिक उडान नै काठमाडौं-दिल्ली-काठमाडौं रुटमा गर्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको हिमालयनले हाल तीनवटा एयरबस ए-३२० सिरिजका विमानमार्फत मलेसिया, साउदी अरब, सयुक्त अरब इमिरेट्सको दुबई र कतारको दोहामा उडान गरिरहेको छ ।

नयाँ दिल्ली स्थित इन्धिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टले हिमालयलाई स्लट उपलब्ध गराइसक्दा पनि उडान अनुमतिमा कन्जुस्याई गरिएको छ । विमानस्थलले कुनै पनि नयाँ एयरलाइन्सलाई उडान अनुमति नदिने घोषणा गरेको छ । तर हिमालयनले भने त्यो भन्दा अगाडि नै स्लट पाइसकेको थियो ।

नेपाली एयरलाइन्स रोक्दै, भारतीय एयरलाइन्स कमाउँदै
हिमायल एयरलाइन्सलाई उडान अनुमति दिएमा हवाई भाडा घटाउनु पर्ने बाध्यता भारतीय एयरलाइन्सलाई पर्ने हुन्छ । दशैं तथा तिहारको मौका छोपेर भारतीय एयरलाइन्सहरुले दिल्ली-काठमाडौं उडानको हवाई भाडा झन्डै ६० हजार रुपैयाँसम्म लिएका थिए । जुन नेपाल वायुसेवा निगमले लिने हवाई भाडा भन्दा ४० हजार रुपैयाँ बढी हो ।

भारतीय एयरलाइन्सहरुले दशैं अगाडी देखि कार्टेलिङ गरेर २८ हजार भारतीय रुपैयाँ देखि ३७ हजार भारतीय रुपैयाँ सम्म असुल गरेका थिए ।
नेपाल वायुसेवाले दैनिक दुई वटा मात्रै दिल्ली उडान गरिरहेको तथा यात्रुको अत्याधिक चाप भइरहेकावेला भारतीय एयरलाइन्सहरुले महंगो भाडा असुल गरेका हुन् ।


क्लिकमान्डु