८ करोड लगानीमा तयार भयो मुलपानी क्रिकेट स्टेडियम, शनिबार मैत्रीपूर्ण खेल हुने



काठमाडौं । मुलपानी क्रिक्रेट स्टेडिएममा भोलि (शनिबार) मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना हुने भएको छ । निर्माण सुरु भएको करिब १२ बर्षपछि उक्त खेलमैदानमा प्रतियोगिता आयोजना हुनलागेको हो । प्रतियोगिता शनिबार बिहान ११ बजेबाट सुरु हुनेछ ।

करिब ४ सय रोपनीमा फैलिएको मुलपानीमा २ वटा क्रिकेट मैदान निर्माण भइरहेका छन् । माथिल्लो खेल मैदान २०६२ सालबाट क्रिक्रेट एशोसिएसन अफ नेपाल ९क्यान०को नेतृत्वमा निर्माण सुरु गरिएको थियो ।

शनिबार मैत्रीपूर्ण खेलको आयोजना हुन लागेको माथिल्लो खेल मैदान हो भने अर्को तल्लो स्टेडियम सरकारको लगानी र नियमनमा २०७१ साल पुषबाट निर्माण सुरु गरिएको हो ।

‘बिगतमा बजेट अभाब र क्यानको आन्तरिक द्धन्दले समयमा काम हुन नसकेको माथिल्लो खेल मैदान अब भने खेल आयोजना गर्न लायक भएको छ’ मैदानमा खटिने कार्यलय सचिब थुम्बी लामाले क्लिकमाण्डुसँग भने ।

लामाका अनुसार अब मुलपानीको क्रिक्रेट मैदान खेल्न लायक भयो भन्ने संदेश दिन मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो ।

बिगतमा राष्ट्रिय टिममा रहेका र अहिले राष्ट्रिय टिमका खेलाडिबीचमा उक्त खेल आयोजना हुँदैछ । हिँजो मुलपानीमा खेल मैदान बन्दै छ भन्ने संदेश बोकेर हिँडेका खेलाडी र अहिलेका खेलाडीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान स्थानीयवासीले गरेका छन् ।

स्थानीयवासी कुशल श्रेष्ठ भन्छन् ‘हामी सानो दुँदा निर्माण सुरु भएको उक्त खेलमैदानमा भोलि खेल आयोजना हुने भएको छ । भोलि पुरै गेम हेर्ने सोच बनाएको छु ।’

कुशल त प्रतिनिधि पात्रमात्र हुन् यस्तै धेरै मुलपानीवासी जनताले भोलि खेलको मजा लिने भएका छन् ।

सचिन तेन्दुलकरले क्रिकेट खेलेको हेर्ने चहना पालेका स्थानीयवासीले अबको दिनमा भने आफ्नै आँगनअघि क्रिकेट खेल हेर्न पाउने भएका छन् ।

करिब ८ करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त मैदानमा अझै केहि काम बाँकी रहेको लामाले जानकारी दिए ।

‘अब यो मैदान किर्तिपुरको बिकल्पको रुपमा स्थापित हुने भएको छ, यसले किर्तिपुरको स्ट्यान्डर्ड मेन्टेन गर्न सहयोग पुग्छ।’ लामाले भने ।

मुलपानीका दुबै खेलमैदान अब करिब करिब तयारीमा पुगेकाले मुलपानीमा क्रिकेट खेल्ने खेलाडी र हेर्ने स्थानीयवासीको सपना पुरा हुँदैछ ।


पुष्प दुलाल