हुण्डाईको ‘हुण्डाई मेगा एक्स्चेन्ज विक’ सुरु, ६ लाखभन्दा बढिको लाभ लिन सकिने




काठमाडौं । नेपालका लागि हुण्डाई मोर्टस्को आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स्ले एक हप्तालामो ‘हुण्डाई मेगा एक्स्चेन्ज विक’ संचालन गर्ने भएको छ ।

कार्तिक २६गते आईतबार देखि मङ्गसिर २ गते शनिबारसम्म चल्ने मेलामा हुण्डाई ब्राण्डका सबै मोडलहरुमा उत्कृष्ट एक्स्चेन्ज योजना ल्याएको हो ।

एक्स्चेन्जसंगै कम्पनीले ६ लाख २० हजारसम्मको लाभलिन सकिने योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत अविश्वसनीय मुल्याङकन, उपहार, उत्कृष्ट नगद छुट, स्पट फाईनान्सिङ तथा बीमा, ४ वर्ष फ्रि सर्भिस, ३ वर्ष को वारेन्टि,२० हजारसम्मको लोयल्टी बोनस, १ लाखसम्मको एक्स्चेन्ज बोनस पाउन सक्ने छन् ।

मेलाबारे जानकारी दिदै कम्पनीका सेल्स एण्ड मार्केटिङ डिजिएम रुपेष शर्मा भट्टले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न हामी तल्लिन छौ । यस देशव्यापी कार्यक्रमले ग्राहकलाई उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

यो योजना हुण्डाईका देशभर रहेका डिलरहरुबाट प्रप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु