सेयर बजारमा उछाल, जलविद्युत समूह ७५ अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १३.७४ अंकले बढेको छ । सोमबार नेप्से १४९०.८८ अंकमा अडेको छ । आज बसेको मन्त्रिपरिषद्ले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज गर्ने निर्णय गरेको छ । सो निर्णयसँगै जलविद्युतको सेयर बढेसँगै नेप्से बढेको हो ।

आज १ सय ५८ कम्पनीका १७ लाख ३० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ७१ करोड ४६ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
होटल र विकास बैंक समूहमा गिरावट देखिएको छ । होटल समूह १२.०३ र विकास बैंक २.३ अंकले घटेका छन् ।

बैंकिङ समूह १०.९१, जल विद्युत समूह ७५.३१, वित्तिय समूह १०, बीमा समूह १४.९, उत्पादन मूलक समूह १२.८, अन्य समूह १८.५१ र माइक्रोफाइनान्स १०.९९ अंकले बढेका छन् ।

गुरास लाइफ इन्स्योरेन्स कम्पनी प्रमोटरको ११ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.१० प्रतिशतले कमाएका छन् ।
प्रभु बैंक लिमिटेट प्रमोटर सेयरका लगानीकर्ताले ६.३१ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल