वाम गठबन्धनमा जोडिएका केसी भन्छन्ः राजमो संघियताको बिरोधमा छ



कपिलवस्तु । वाम गठबन्धमा जोडिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी अहिले पनि संघीयताको बिरोधमा रहेको बताएका छन् ।

राजमो जिल्ला कार्यसमिति कपिलवस्तुले आज चनौटामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भोटका लागि मात्र आफ्नो नीतिलाई तिलाञ्जलि दिन नसक्ने बताए ।

अध्यक्ष केसीले राष्ट्रियताको रक्षा, गणतन्त्रको संस्थागत विकास र समृद्ध नेपाल निर्माणका लागि आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल पनि गरेका छन् ।

सो पार्टीका नेता सुरेश थापाले राष्ट्रियताको प्रवद्र्धन र मुलुकको आर्थिक विकासका लागि आफ्नो पार्टीलाई मतदान गर्न सबैमा आग्रह गरेका थिए ।


क्लिकमान्डु