सेयर बजारबारे ओलीको बोली, ‘वाम फोबिया’ हटाउने अचुक ओखती




काल मार्क्सको अबधारणा अनुसार पुँजीबादले मानिसलाई अनाबश्यक चिन्तित, प्रतिस्पर्धी, अत्याधिक अनुत्पादक र यसको साथै राजनीतिकरुपमा अजागरुक वा बेपरबाह बनाउँछ भन्ने तर्क रहेको पाइन्छ । तसर्थ, यही अबधारणालाई आदर्शको रुपमा फोटो फ्रेममा झुन्ड्याएर राजनीति गरिरहेका नेपालका बामपन्थसँग जोडिएर बामपन्थी भएका दलहरुले के कति रुपमा माक्र्सका सिद्दान्तलाई अनुसरण गरेका छन्, त्यसको चर्चा अब किमार्थ आवश्यक छैन ।

तर, यही वाम एकताको जगमा साम्यवादको दिवा कल्पना गरेर सेयर बजारको चाललाई गतिरोध गर्ने प्रयत्नलाई केही मथ्थर गरेको छ, एमाले अध्यक्ष केपी ओलीको बोलीले ।

एकाएक बिनाप्रसंग अर्थ राजधानीबाट केही सय किलोमिटर टाढा गृहजिल्ला पुगेर सेयर बजारको चाललाई ओलीरुपी ब्रेक लगाउने प्रयास भएको छ । स्वभाविकरुपमा अर्थतन्त्रबारे कम बोल्ने नेताहरु किन पुँजीबजार सम्बन्धी किटेर बोलिरहेका छन् ? यो सर्वाधिक चासोको विषय भएको छ , आम लगानीकर्ताहरुमाछ हिँजोआज । कतै यो पनि पूर्व कमरेड बाबुराम भट्टराई शैलीको दोधारे अभिव्यक्ति त होइन ? कहिले सहकारी निजी क्षेत्रभित्रको अंगमात्र हो भनेर माक्र्स बिचारको खिलाफ बोल्ने त कहिले अर्थतन्त्रको ३ खम्बामध्ये सहकारीलाई पहिलो नम्बरमा राख्नुपर्न भन्ने यस्तै राजनीतिक कुटिलताको जगमा ओलीले बोलेका कुरा हुन् भने त्यसको खासै असर दीर्घकालसम्म नरहला ।

ओलीले ठट्यौली पारामा निकै मननीय कुरा हालै मिडियामार्फत सार्वजानिक गरे, चिनियाँ अर्थतन्त्रमा नेप्से कहाँ छ भनेर खोज्न बिरोधीहरुलाई सुझाएका छन् । यसैबाट के प्रष्ट हुन्छ भने ओली र उनको पार्टी पुँजी बजार र समग्र अर्थतन्त्र उदार छ । तसर्थ मनोगत कुण्ठाको आधारमा बजारको स्वभाविक चाललाई अबरोध पारिनु हुन्न ।

तर, यहाँ ओलीको अभिव्यक्तिले पुँजीबादउन्मूख नेपालको अर्थव्यवस्थालाई पहिलादेखि नै आत्मासाथ गर्दै आइरहेको छ, भनेर पुष्टि गर्नचाहीँ पक्कै खोजेका छन् । तर, यो अभिव्यक्ति चुनाबी चटारोमा किन दिनु पर्यो ? पक्कै पनि उनको पार्टीपङ्ति र उनका आम कार्यकर्ताहरुको चाह यस्तै थियो भनेर अनुमान थर्दा अन्यथा नहोला । यसको साथै उनी आम लगानीकर्तालाई देशभक्तिको नारासहित पुँजीबजार मैत्री भएको प्रमाण पनि दिने प्रयास गरिरहेका छन् । भलै उनको चुनाबी नारा वा चुनाबी विज्ञप्ती हो भनेर प्रतिबाद गरियोस् ।

तर, तथ्य र सत्यले के भन्छ भने उनले र उनको गठबन्धनले यो अबधारणालाई कुनै पनि हालतमा लत्याउन सक्दैनन् । एमालेले धेरैपटक आफ्ना अर्थमन्त्रीहरु मार्फत पनि पुष्टि गरिसकेको छ । यसको साथै हाम्रो संवैधानिक, राजनीतिक र आर्थिक संरचनाले यस अवधारणालाई उल्ट्याउने अनुमति दिँदैन । तसर्थ, बाम सरकारको जित भए पनि उनीहरुले पुँजीबाद उन्मूख हाम्रो अर्थतन्त्रलाई अलग धार वा साम्यवादी धारणा अनुरुप राज्य सञ्चालन गर्ने अवस्थाको सिर्जना कदापि हुन सक्दैन । यही कारण पनि कम्यूनिष्ट नेताहरुबाट यस्ता धारणा आउनु अन्यथा नहोला ।

सायद पुँजीबजारमा वाम बिचारलाई आत्मसाथ गरेका लगानीकर्ताहरुको पक्षमा वा दबाबमा यस किसिमको भाषण आएको पनि हुनसक्छ । तर, जे जसो भए पनि लगानीकर्ताहरुको तत्कालीन कम्युनिष्ट फोबियायुुक्त मनस्थितिगत उपजको निराकरण गर्न पनि ओलीको यो अभिव्यक्ति लाभदायक भएको छ ।

 बाम सरकारको जित भए पनि उनीहरुले पुँजीबाद उन्मूख हाम्रो अर्थतन्त्रलाई अलग धार वा साम्यवादी धारणा अनुरुप राज्य सञ्चालन गर्ने अवस्थाको सिर्जना कदापि हुन सक्दैन ।

ओलीलाई नेपाली राजनीतिमा प्रष्ट बक्ताको रुपमा पनि चित्रण गरिन्छ, जुन उनको यस धारणाले पनि थप पुष्टि गरेको छ । उनी आम लगानीकर्ताहरु र सम्पूर्ण पुँजीपति वर्गप्रति थप उदार भएर प्रस्तुत हुन अत्यन्तै जागरुक छन् भन्ने बुझाउन चाहन्छन् । यसले थप प्रष्टता प्रदान गरेको छ । हुन पनि बजार वाम मानसिकताले थलिएको थियो भन्ने पुष्टि हुन्छ ।

ठूला नेताहरुको यस्तो अभिव्यक्ति आउनु जरुरी पनि थियो, जसले मनोगत धारणालाई प्रष्टता प्रदान गर्छ । जुन आएको छ, यसमा धेरै संसय गरिनु आवश्यक छैन । नेपालमा राप्रपाले राजा बोक्नु र बामपार्टीले साम्यबाद बोक्नु दुबैलाई प्रत्युत्पादक हुन्छ भन्ने कुराको हेक्का दुबैलाई नभएको होइन । तथापि राजनीतिक माहोल सिर्जनाको खातिर दुबैले आफ्ना अस्त्रस्वरुप यसको उपयोग गर्ने प्रयास मात्रै गरेका हुन् भन्दा गलत होइन्न ।

तर, पनि के प्रष्ट छ भने साम्यबादको जगको धरातलीय आधार अब समाप्त गरिएको छ । तसर्थ हामी के प्रष्ट हुन जरुरी छ भने ओलीको अभिव्यक्ति निकै गणनात्मक छ ।

ओलीको गणनात्मक अभिव्यक्ति पुष्टि गर्छ, एमाले सरकारले विगतमा पुँजीगत लाभकरलाई १० प्रतिशतबाट ५ प्रतिशतमा झारेको र सँगै पुँजी बजारको एउटा बलियो खम्बा कमोडिटी बजारको अध्ययनको पहिलो प्रयास थालेको कुराबाट मात्रै होइन, उनी स्वयं प्रधानमन्त्री हुँदा नेप्से सर्वाधिक उच्चबिन्दू १८८० पुगेको तथ्य हाम्रोसामू प्रष्ट छ । तसर्थ उनको यो अभिव्यक्ति मनोगत नभई गणनात्मक छ भन्ने प्रमाणित हुन्छ ।

त्यसैगरी, आर्थिक मुद्दामा वाम सरकार लचिलो छैन वा हुँदैन भन्ने मनोगत धारणाहरुको विकास भइरहेको सन्दर्भमा यस्तो अभिव्यक्ति स्वभाविक थियो भनेर ग्रहण गर्नु उपयुक्त हुन्छ ।

ओलीले ठट्यौली पारामा निकै मननीय कुरा हालै मिडियामार्फत सार्वजानिक गरे, चिनियाँ अर्थतन्त्रमा नेप्से कहाँ छ भनेर खोज्न बिरोधीहरुलाई सुझाएका छन् । यसैबाट के प्रष्ट हुन्छ भने ओली र उनको पार्टी पुँजी बजार र समग्र अर्थतन्त्र उदार छ तसर्थ मनोगत कुण्ठाको आधारमा बजारको स्वभाविक चाललाई अबरोध पारिनु हुन्न । लेखक नेपाली पुँजी बजारका जानकार हुन् ।


पुष्प दुलाल