एउटै थान्काको मूल्य २५ लाख !



काठमाडौं । गौतम बुद्वको आकृतिदेखि विभिन्न कलात्मक चित्रहरु समावेश गरिने थान्का नेपालकै पहिचान पनि हो । थान्कालाई वौद्ध धर्मालम्वीले गुम्बामा पनि सजाउन प्रयोग गर्ने गरेका छन् ।

विदेशी र स्वदेशी पर्यट्कको आकर्षणको रुपमा रहेको थानकाको रुपैयाँ ३०० देखि २५ लाख रुपैयाँसम्म पर्छ ।

खासगरी काठमाडौंको पर्यटकीय गन्तव्य ठमेलमा बिक्री वितरण गरिने थान्का अन्य स्थानमा पनि पाइन्छ ।

ठमेलमा तेर्लिङ्थानका एण्ड बुद्धचित्त पसल सञ्चालन गर्दै आएकी सुमिता लामाका अनुसार बैशाखबाट असोजसम्म थान्काको बिक्री रामैसँग हुन्छ । नेपालीभन्दा विदेशी ग्राहकहरु बढी हुने लामाले जानकारी दिइन् ।

थान्का नेपालमा मात्रै बन्ने गर्छ । पछिल्लो समय थान्का बनाउन चीनले पनि केही सक्रियता देखाएको छ ।

विदेशबाट आउने पर्यटकले भने थान्का बनाउने तरीकामा समेत चासो बढाउन थालेको लामा बताउँछिन् ।

काभ्रे, सिन्धुृपाल्चोक, रामेछापबाट अधिकांश मात्रामा थान्का काठमाडौ भित्रने गर्छ । बुद्वको जीवन चक्रमा आधारित थान्का धेरै प्रकारमा पाइन्छ ।

‘ठमेल वरपर बोकी हिड्नेले ल्याएको थानका हामीले किन्ने गछौ,’ लुम्बिनी थानका पेन्टीङ् स्कूल नामक थान्का पसलका सञ्चालक सुमन दाहालले भने ।

दाहालका अनुसार यो धर्मअनुसार नभएर फिलोसोफी (विचारमा) भरपर्ने भएकाले मुिस्लमले पनि किन्ने गर्छन् ।

युरोपमा भएको आर्थिक सङ्कटले थान्का व्यापारमा केही कमी भएको लामा र दाहालको भनाई छ ।

थान्काको मूल्यमा यसको आकारले खासै असर नपार्ने व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार यसको गुणले मूल्य निर्धारणमा भूमिका खेल्छ ।


पुष्प दुलाल