९ महिनामा २४ हजार उडानबाट साढे २७ लाखले अन्तर्राष्ट्रिय हवाई यात्रा गरे




काठमाडौं । अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या नौ महिनामा २७ लाख ४८ हजार ३ सय ३८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुई लाख ४० हजार ६ सय ६४ जनाले बढी हो ।

गत वर्षको जवनरी देखि सेप्टेम्बरसम्म २५ लाख सात हजार ६ सय ७४ जना अन्तर्राष्ट्रिय हवाई यात्रु रहेका थिए ।

सन् २०१७ को नौ महिनाको अवधिमा त्रिभुवन विमानस्थल भएर बाहिरिने यात्रुको संख्या १४ लाख ८३ हजार तीन सय ७४ छ । यस्तै, सोही अवधिमा नेपाल भित्रिने यात्रुको संख्या १२ लाख ६४ हजार नौ सय ६४ रहेको छ ।

गत वर्षको सोही अवधिमा बाहिरिने यात्रु १२ लाख ८७ हजार ६१ जना थियो । भने भित्रिने यात्रु १२ लाख २० हजार ६ सय १३ जना थियो । २०१५ मा कुल ३२ लाख १७ एक सय ६२ जना यात्रुले त्रिभुवन विमानस्थल भएर अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए ।

सन् २०१७ को नौ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देशमा भएको प्रस्थान र अवतरणको उडान २४ हजार दुई सय ४२ छ ।

यो संख्या २०१६ मा बढेर ३५ लाख १० हजार सात सय ४२ पुगेको थियो । निरन्तर बढ्दो हवाई यात्रु सन् २०१७ को अन्त्यसम्ममा ३७ लाख को हाराहारीका पुग्ने विमानस्थल कार्यालयको अनुमान छ ।

पर्यटन क्षेत्रमा आएको सुधारसँगै विदेशी पर्यटकको आगमन बढुन नै हवाई यात्रुको संख्या बढ्नु प्रमुख कारण रहेको विमानस्थल कार्यालयको भनाइ छ । नेपाली आकाश हुँदै अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको संख्या पनि २९ वटा भइसकेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । बुद्धले भारतको वनारसमा सातामा दुईवटा उडान भर्दै आएको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेसँगै त्रिभुवन विमानस्थलमा हुने विमान अवतरण र उडान पनि बढेको छ । सन् २०१७ को नौ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देशमा भएको प्रस्थान र अवतरणको उडान २४ हजार दुई सय ४२ छ । यो संख्या सन् २०१६ सोहीको अवधिभन्दा पाँच हजार दुई सय ३४ ले बढी हो ।

गत वर्षको नौ महिनामा जम्मा १९ हजार १२ वटा अवतरण तथा उडान भएको थियो । विमानस्थलमा बढ्दो मुभमेन्टका कारण उडान तालिक मिलाउने समेत विमानस्थल कार्यालयलाई सास्ती हुदैं आएको छ ।


क्लिकमान्डु