एलआईसीको नाफा ३ गुणाले बढ्यो, २२३ करोड बीमा शुल्क



काठमाडौं । लाइफ इन्सयोरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आबको पहिलो ३ महिनामा २ अर्ब २३ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले गत अबको पहिलो ३ महिनामा यस्तो शुल्क १ अर्ब ८१ करोड ५१ लाख संकलन गरेको थियो ।

कम्पनीले यस अबधिमा ३ करोड ७३ लाख नाफा कमाएको देखिएको छ । जुन गत बर्षको सोही अबधिमा ८५ लाख रुपैयाँ मात्रै थियो । गत बर्षको तुलनामा कम्पनीले २ करोड ८८ लाख रुपैयाँले नाफा बढाएको छ ।

यस अबधिमा कम्पनीले १७३४ बीमा दाबी भुक्तानी वापत ४९ करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको जीवन बीमा कोष ३६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने, जगेडाकोषमा ३० करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु