१० लाख घुस लिँदालिँदै बैदेशिक रोजगार विभागका डीजीलाई अख्तियारले समात्यो



काठमाडौं । वैदेशिक रोजागार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले चाबहिलस्थित निवासमा सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिँदालिँदै पाण्डेलाई पक्राउ गरेको हो । उनी चाबहिलस्थित अम्बे अपार्टमेन्टमा बस्दै आएका छन् ।

विषेश सूचनाका आधारमा अख्तियारले खटाएको टोलीले महानिर्देशक पाण्डेलाई रंगेहात पक्राउ गर्न सफल भएको हो । रोक्का कारबाही फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियारले जनाएको छ ।

आगामी मंसिर ४ गते सेवाबाट अबकास हुन लागेका पाण्डे अख्तियारको फन्दामा परेका हुन् ।


पुष्प दुलाल