एनआईबिएल क्यापिटल मार्केटले खोल्यो लगनखेल र पोखरामा २ शाखा



 

काठमाडैं । एनआईबिएल क्यापिटल मार्केटस्ले उपत्यका भित्र लगनखेल र उपत्यका बाहिर पोखराको चिप्लेढुङ्गामा आफ्नो शाखा कार्यालय खोलेको छ ।

सेवाग्राहीलाई मर्चेन्ट बैंकिङ्ग अन्र्तगतका सेवा सर्वसुलभ तरिकाले प्रदान गर्न शाखा बिस्तार गरेको कम्पनीले जनाएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले लगनखेल शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा इन्भेष्टमेण्ट बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल लगायतको उपस्थिति रहेको थियो ।

नेपालइन्भेष्टमेन्ट बैकको सहायक कम्पनीएनआईबिएल क्यापिटल मार्केट्स निकट भविष्यमा देशका विभिन्न स्थानमा शाखा कार्यालय खोलि आफ्ना सेवाग्राहीलाई मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु सर्वसुलभ तरिकाबाट प्रदानगर्ने जनाएको छ ।

कम्पनीले मर्चेन्ट बैकिङ्गअन्तर्गत निष्काशन तथा बिक्रीप्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्रको प्रत्याभुति सेवालगायत सामुहिक लगानी कोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनको सेवाहरु दिदै आएको छ ।


क्लिकमान्डु