हुवावे नोभा २आई स्मार्टफोन नेपाली बजारमा



काठमाडौं । हुवावेले पछिल्लो प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्र्याएको छ । यसले भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २आई स्मार्टफोन सेटमा फ्रण्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य बिबिध सुविधा रहेका छन् ।

हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटीद्धारा बिक्री बितरणमा ल्याइने हुवावे नोभा २ आई अहिलेसम्मकै अत्याधुनिक र बढी सुविधायुक्त रहेको कम्पनीले दाबी गरेको छ ।

बुधवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हुवावे नोभा २आई स्मार्टफोनमा उच्च गुणस्तरीय प्रबिधियुक्त ५.९ इन्चको फुलभ्यु डिस्प्ले, ८३ प्रतिशत स्क्रिन तथा सफा र उज्ज्याला तस्विर हेर्नका लागी १८ः९ वाइडस्क्रिन लगायतका सुबिधा उपलब्ध छन् ।

‘हामीले नेपालमा पहिलोपटक चार क्यामरा सहितको स्मार्टफोन ल्याएका छौं जसको डिजाईनले तपाई विश्वको जहाँ भए पनि तपाईलाई सबैसँग संलग्न हुन सहयोग पुर्याउनेछ,’ हुवाईका निर्देशक जोयसले कार्यक्रममा भने ।

कम्पनीले सार्वजनिक गरेको हुवाई नोवा २ आई को बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु