कर फस्र्योट आयोगका अध्यक्ष महत र ढकाल प्रहरी हिरासतमा



काठमाडौं । कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज(एलडी) महत र सदस्य उमेश ढकाल प्रहरी हिरासतमा परेका छन् ।

दुवैले विशेष अदालत समक्ष आत्मसर्मपण गरेका हुन् । कर फस्र्योट आयोगका सदस्य सचिव रहेका तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा विरुद्धको मुद्दा भने विचाराधिन रहेको छ ।

अख्तियारले पक्राउ गरेको भएपनि उनी बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेर अदालतको आदेशमा रिहा भएका थिए ।

महत र ढकालमाथी थुनछेकको बहस भएपछि अदालतमा लगिने छ ।

अख्तियारले १० अर्ब बिगो कायम राखेर कर फस्र्योटका अधिकारीमाथी मुद्दा दायर गरेको थियो ।


क्लिकमान्डु