मेगा बैंकले ११३ जना कर्मचारी माग्यो




मेगा बैंकले १ सय १३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित १ सय १३ जना कर्मचारी माग गरेको हो ।

शाखा प्रबन्धकका लागि स्नातकोत्तर उत्तिर्ण र १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ ।

साथै, बैंकले २९ जना अधिकृत र ६६ जना सहायक अधिकृत माग गरेको छ ।

यसका लागि क्रमश वाणिज्य बैंकमा ५ वर्ष र ३ वर्ष काम गरेको हुनुपर्नेछ ।

बैंकले १६ वटा नयाँ शाखाका विस्तारका लागि पनि कर्मचारी माग गरेको छ । नयाँ शाखाका लागि २२ जना कर्मचारीको माग गरेको छ ।

त्यस्तै नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको पनि माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरेको हुनुपर्ने बैंकले जनाएको ।

योग्यता पुगेका आवेदकले मंसिर १४ गतेसम्म आवेदन बुझाउनुपर्ने बैंकले सार्वजनिक सुचनामा जनाएको छ ।


पुष्प दुलाल