यी ६ घरेलु उपाय जसले चिसोबाट छालालाई बचाउँछ



काठमाडौं । जाडो महिना सुरु हुनासाथ कयौं मानिसहरु आफ्नो छालाको समस्यालाई लिएर चिन्तित हुने गर्छन् । जाडोमा प्राय पुरुषभन्दा महिलाहरु आफ्नो छालालाई लिएर बढी चिन्तित हुने गर्छन् । तर, यी समस्याहरुलाई घरमा नै रहेका केही उपायहरु अपनाए समाधान गर्न सकिने छ । ब्यूटी एक्सपोर्टका अनुसार घरम रहेका सामाग्रीहरुको प्रयोगले पनि फेसीयल जसलाई २ वा ३ पटक प्रयोग गरी अनुहारको ग्लो बढाउन सकिन्छ ।

१. दही र बेसारको फेस प्याकः एक चम्चा बेसार र एक चम्चा दही मिसायर अनुहारमा लगाउनुहोस । १५ मिनेट पछि अनुहार धुनुहोस् यसले छालामा निखार ल्याउँछ ।

२. बेसार र महको फेस प्याकः मह र बेसारमा थोरै गुलाब जल मिसाउनुहोस् । यसलाई आफ्नो घाटी र अनुहारमा लगाउनुहोस । यसले अनुहारको रिङकल्स हटाउँछ ।

३. आलु र दहीको फेस प्याकः एउटा आलुलाई मिक्सरमा हालेर धुलो बनाउनुहोस् र त्यसको धुलो एक चम्चा र एक चम्चा दही मिसाउनुहोस् । यसरी तयार पारिएको पेस्टलाई अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । छालाको रङ्ग नै बद्लीने छ ।

४. महको फेस प्याकः एक चम्चा महमा २ चम्चा पानी मिसाउनुहोस् । त्यसलाई राम्रोसँग घोलेर अनुहारमा लगाउनुहोस र केही समयमा धुनुहोस् । यसले तपाइको छालामा निखार आउने छ ।

५. गाजर फेस प्याकः २ वटा गाजरलाई घुलो बनाएर त्यसमा आधा चम्चा मह मिसाउनुहोस् । त्यसलाई आनुहारमा १५ मिनेटसम्म राखेपछि पानीले धुनुहोस् ।

६. बेसार र चन्दनको फेस प्याकः थोरै बेसार र चन्दन मिसाउनुहोस् । यसले अनुहारमा २ देखि ३ मिनेटसम्म मसाज गर्नुहोस । १० मिनेट पछि अनुहार धुनुहोस् । यसो गर्दा अनुहारको चमक बढ्ने छ ।


क्लिकमान्डु