मंसिर १ देखि आइफोन-८ र आइफोन-८ प्लस नेपाली बजारमा



काठमाडौं । नेपाली उपभोक्ताहरुले मंसिर १ गतेदेखि आइफोन ८ र आइफोन ८ प्लस किन्न पाउने भएका छन् ।

नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोनका यी दुई लेटेस्ट मोडेल नेपाली बजारमा ल्याएको हो ।

नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेज क्षमताका आइफोन ८ तथा आइफोन ८ प्लस पाइने बितरकले जनाएको छ । उक्त फोनहरु गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छन् ।

एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टीका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न आग्रह गरेको छ ।

कहाँ कहाँ पाइन्छ ?

कम्पनीका अनुसार इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) मा किन्न पाइने छ ।


पुष्प दुलाल