पौने १६ अंकले घट्यो नेप्से, ४५ करोडको कारोबार




काठमाडौं । साताको अन्तिम बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.७३ अंकले घटेको छ । नेप्से १४८९ .०६ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ५९ कम्पनीका ९ लाख ४४ हजार ९ सय ४३ कित्ता सेयर खरिद बिक्री भएको छ । ४५ करोड ५ लाख १० हजार ७ सय २० रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह १४.८१, विकाश बैंक समूह २६.५८, बीमा समूह ६९.३३, माइक्रो फाइनान्स ०.७७, होटल समूह ५२.१७, जलविद्युत समूह २४.१५, वित्तिय समूह ४.८९, ट्रडिङ समूह १.६, उत्पादन मूलक समूह २४.६९ र अन्य समूह ३.७६ अंकले घटेका हुन् ।

हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाइ गरेका छन् ।

नेपाल हाइड्रो डेप्लोपर लिमिटेडका लगानीकर्ताले ४.९६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल