स्टाण्डर्ड चार्टर्ड र एभरेष्टबाट कति आउला बोनस सेयर



काठमाडौं । सेयर बजारमा लगानीकर्ताको माग गर्ने कम्पनीमा स्टाण्डर्ड चार्टर्ड र एभरेष्ट बैंक पर्छन् ।

राष्ट्र बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था अनुसार चाटर्ड र एभरेष्टको पुँजी सो अनुसार पुगेको छैन ।

अहिले स्टाण्डर्ड चार्टर्ड बैंकको ४ अर्ब चुक्ता पुँजी छ । यस्तै एभरेष्टको चुक्ता पुँजी ६ अर्ब छ । अघिल्लो वर्ष कमाएको नाफाबाट बोनस सेयर दिएर स्टाण्डर्ड चार्टर्ड र एभरेष्टले चुक्ता पुँजी पुर्याउनुपर्छ ।

चुक्ता पुँजी अनुसार चाटर्डको चुक्ता पुँजी पुर्याउन ४ अर्ब अपुग छ भने एभरेष्टको लागि २ अर्ब अपुग छ । स्टाण्डर्ड चार्टर्ड र एभरेष्टबाट कति बोनस आउँछ भन्नको लागि दुई बैंकको वित्तीय विवरण हेर्नुपर्छ ।

चार्टर्डको वित्तीय विवरण अनुसार उसँग अहिले रिजर्बमा ८ अर्ब ५५ करोड रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप ७१ अर्ब ४२ करोड रुपैयाँ छ । यस्तै बैंकले ३९ अर्ब ८५ करोड कर्जा दिएको छ ।

रिबर्जमा भएको रकम हेर्दा चाटर्डलाई चुक्ता पुँजी पुर्याउनको लागि ४ अर्ब रुपैयाँ बोनस दिन कुनै समस्या नहुँने देखिन्छ । यस आधारले हेर्दा बैंकले १०० प्रतिशत बोनस सेयर दिने देखिन्छ ।

बिहीबारको सेयर कारोबार अनुसार चाटर्डको सेयर मुल्य प्रतिकित्ता २०२२ छ । एभरेष्टको वित्तीय विवरण अनुसार रिजर्बमा ६ अर्ब ६७ करोड रुपैयाँ छ ।

चुक्ता पुँजी पुर्याउनको लागि एभरेष्टले ३३ प्रतिशत बोनस सेयर दिनुपर्छ । रिजर्बमा भएको रकमको आधारले हेर्दा ३३ प्रतिशत बोनस सेयर दिन एभरेष्टलाई कुनै समस्या छैन ।

चाटर्ड र एभरेष्ट बैंकमा विदेशी लगानी रहेको हुँदा बोनस सेयरसँगै नगद लाभांशपनि आउन सक्छ । तर,यो वर्ष भने बोनस सेयर मात्र आउने सम्भावना पनि छ ।

एभरेष्ट बैंक नेपालमा मर्जरको विषयमा विभिन्न खालका हल्ला हुने बैंकमा पर्छ । केही महिना अगाडि लक्ष्मीसँग मर्जरमा जाने हल्ला चलेको एभरेष्टको अहिले चर्चा सेलाएको छ ।

एभरेष्टको विशेष साधारणसभाले उपयुुक्ता बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानको लागि संचालक समितिलाई अख्तियारी दिएको थियो ।

एभरेष्टको अहिले सेयर बजारमा मुल्य प्रतिकित्ता ११२८ रुपैयाँ रहेको छ । बुधवार सबैभन्दा बढी सेयर कारोबार हुनेमा एभरेष्ट पर्छ ।


क्लिकमान्डु