विद्युत् प्राधिकरणले माग्यो ४ सय ५५ जना कर्मचारी, मिटर रिडरदेखि १० तहसम्म



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर ४५५ जनाका लागि जागिर खोलेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना मार्फत रोजगारीका लागि आवेदन दिन आह्वान गरेको हो ।

प्राधिकरणले १० औं तहका प्रशासन, प्राविधिक, ९ तह, आठ तह देखि ७ औं तहका प्राविधिकको समेत माग गरेको छ । यस्तै पाँचौ तहको प्रशासन उपसमूहमा मिटर रिडर सुपरभाइजर माग गरेको छ । विराटनगर, जनकपुर, हेटौडा, काठमाडौं, पोखार, बुटवलमा त्यसको अलावामा लेखापाल समेत माग गरेको छ । इलेक्ट्रिकल सुपरभाइजर,मिटर रिडरको पनि आवेदन माग गरेको छ ।

आफूलाई पायक पर्ने स्थानमा गएर योग्यता पुगेकाले आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले जुनियर प्राविधिक मिस्त्रीदेखि आन्तरिक प्रतियोगिताका लागि समेत सहभागी हुन सक्ने गरी आवेदन माग गरेको छ ।


क्लिकमान्डु