सिद्धार्थ इन्स्योरेन्सको नाफा ४ करोड १२ लाख



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा ४ करोड १२ लाख नाफा कमाएको छ । कम्पनीले गत आबको सोही अबधिमा ३ करोड ८० लाख कमाएको थियो । कम्पनीले पहिले भन्दा ३२ लाख रुपैयाँले नाफा बढाएको हो ।

कम्पनीले असोज मसान्तसम्ममा ४९ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेको छ । गत आबको सोही अबधिमा कम्पनीले ४२ करोड ६७ लाख बीमा शुल्क संकलन गरेको थियो । यस अबधिमा आएको ११ सय ७३ दाबी बापत १५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले गत आबको असोजमसान्तमा रहेको ३४ करोड ४८ लाख चुक्तापुँजीलाई बढाएर ५३ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको जगेडा कोषमा १६ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ७.७१ रुपैयाँ रहेको कम्पनीले ५३ लाख ५८ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।


क्लिकमान्डु