निगमलाई उछिन्दै जेट एयरवेज बन्यो पहिलो, कुन एयरलाइन्सले कति पाए यात्रु ? (सूचिसहित)



काठमाडौं । नेपालमा उडान भर्ने २९ अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पछि पार्दै नौ महिनमा सवै भन्दा धेरै हवाई यात्रु बोक्ने तर्फमा भारतीय जेट एयरवेज पहिलो भएको छ । गत वर्ष राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम यात्रु बोक्नेमा पहिलो भएको थियो ।

जेट एयरवेजले नौ महिनामा ३ लाख ४७ हजार ४२ यात्रुलाई सेवा दिएको छ । तर नेपाल वायुसेवा निगमले २ लाख ५३ हजार ४ सय ४४ यात्रुलाई मात्रै सेवा दिएको छ । निगमका यात्रु जेट एयरवेजको भन्दा ९३ हजार २ सय ९८ यात्रु कम हो ।

त्यस्तैगरी तेस्रो फ्लाई दुवई भएको छ । फ्लाई दुवईले नौ महिनामा २ लाख १८ हजार ८ सय ४७ यात्रुलाई सेवा दिएको छ । त्यस्तै चौथोमा एयर अरेबिया भएको छ । एयर अरेबियाले २ लाख १७ हजार ५ सय १६ यात्रुलाई सेवा दिएको छ ।

त्यस्तै गत वर्ष तेस्रो भएको कतार एयरजवेज यसवर्ष पाँचौ भएको छ । कतारले नौ महिनामा २ लाख १५ हजार ८ सय ४२ यात्रुलाई मात्रै सेवा दिएको छ ।

निरन्तर बढ्दो हवाई यात्रु सन् २०१७ को अन्त्यसम्ममा ३७ लाख को हाराहारीका पुग्ने विमानस्थल कार्यालयको अनुमान छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमायल एयरलाइन्सले नौ महिनमा ८८ हजार ७ सय ८३ यात्रुलाई मात्रै सेवा दिएको छ ।

नौ महिनामा २७ लाख ४८ हजार ३ सय ३८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुई लाख ४० हजार ६ सय ६४ जनाले बढी हो ।

गत वर्षको जवनरी देखि सेप्टेम्बरसम्म २५ लाख सात हजार ६ सय ७४ जना अन्तर्राष्ट्रिय हवाई यात्रु रहेका थिए ।

सन् २०१७ को नौ महिनाको अवधिमा त्रिभुवन विमानस्थल भएर बाहिरिने यात्रुको संख्या १४ लाख ८३ हजार तीन सय ७४ छ । यस्तै, सोही अवधिमा नेपाल भित्रिने यात्रुको संख्या १२ लाख ६४ हजार नौ सय ६४ रहेको छ ।

गत वर्षको सोही अवधिमा बाहिरिने यात्रु १२ लाख ८७ हजार ६१ जना थियो । भने भित्रिने यात्रु १२ लाख २० हजार ६ सय १३ जना थियो । २०१५ मा कुल ३२ लाख १७ एक सय ६२ जना यात्रुले त्रिभुवन विमानस्थल भएर अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए ।

यो संख्या २०१६ मा बढेर ३५ लाख १० हजार सात सय ४२ पुगेको थियो । निरन्तर बढ्दो हवाई यात्रु सन् २०१७ को अन्त्यसम्ममा ३७ लाख को हाराहारीका पुग्ने विमानस्थल कार्यालयको अनुमान छ ।

नेपाली आकाश हुँदै अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको संख्या पनि २९ वटा भइसकेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । बुद्धले भारतको वनारसमा सातामा दुईवटा उडान भर्दै आएको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेसँगै त्रिभुवन विमानस्थलमा हुने विमान अवतरण र उडान पनि बढेको छ । सन् २०१७ को नौ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देशमा भएको प्रस्थान र अवतरणको उडान २४ हजार दुई सय ४२ छ ।

यो संख्या सन् २०१६ सोहीको अवधिभन्दा पाँच हजार दुई सय ३४ ले बढी हो । गत वर्षको नौ महिनामा जम्मा १९ हजार १२ वटा अवतरण तथा उडान भएको थियो । विमानस्थलमा बढ्दो मुभमेन्टका कारण उडान तालिक मिलाउने समेत विमानस्थल कार्यालयलाई सास्ती हुदैं आएको छ ।


क्लिकमान्डु