नेपाली च्यानल मंसिर मसान्तसम्म केबलबाटै हेर्न सकिने



काठमाडौं । सरकारले मंसिर मसान्तसम्म नेपाली टेलिभिजन च्यानल केबलबाटै एनालग प्रणालीबाट हेर्न सकिने व्यवस्था गरेको छ ।

सूचना तथा संचार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा निर्वाचनलाई लक्षित गरेर नेपाली च्यानल अनिवार्य गरेर अधित्तम ३५ च्यानल एनालग प्रणालीबाट हेर्न सकिने जनाएको हो ।

मन्त्रालयले डिजिटल प्रणालीमा लग्ने कार्ययोजनाका लागि केबल सेवा प्रदायक संघलाई सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

सरकारले दुई दिन अगाडि डिजिटल प्रणालीमा नगएको भन्दै केबलको सिग्नल काटेको थियो ।

पहिलो चरणमा डिजिटलाइजेश गर्ने भन्दै काठमाडौं र ललितपुरमा केबलको सिग्नल काटिएको थियो ।

काठमाडौं उपत्यकाबाट सुरु भएको डिजिटलाइजेशन अभियान देशभर संचालन हुने छ ।


क्लिकमान्डु