त्रिभुवन विमानस्थलमा ३ दिन जहाज उड्न अबरोध



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ दिन उडान/वतरणमा ढिलाई हुने भएको छ । हरेक दिन सास्ती व्यहोर्दै आएका हवाई यात्रुले शनिवार, आइतबार र सोमबार उडान/अवतरणमा ढिलाई हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले ललितपुर भट्टेडाडाँमा राडरको औपचारिक संचालनको लागि परिक्षण उडान गर्न लागेकोले समस्या आउने भएको हो ।

प्राधिकरणले विज्ञप्ती निकाल्दै तीन दिन उडान/अवतरणमा ढिलाई हुने जानकारी दिएको छ । दुई वर्षअघि जडान भएपनि प्राधिकरणले परिक्षण गर्न नसक्दा राडार संचालनमा आएको थिएन ।
३ दिनको परिक्षण उडानपछि अत्याधुनिक राडार संचालनमा आउने छ । परिक्षणको लागि प्राधिकरणले अमेरिकाबाट जहाज सहितको टोली नेपाल आएको छ ।

जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) को ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोगमा राडर जडान गरिएको हो । उक्त मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स राडार (एम.एस.एस.आर) नामक राडर २ सय नोटकल ( प्रतिनोटकल १.८५ किमी) क्षमता रहेको छ । हाल फुलचोकीमा रहेको राडर १५ वर्ष पुरानो भइसकेको त्यसमा पनि प्राइमरी राडर भएकोले क्षमतानै थोरै रहेको छ ।

अन्र्तराष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) को एनएक्स–१० अनुसार हवाई सुरक्षाको लागि नयाँ राडर जडान अत्यावस्यक भइसकेको छ ।

नयाँ राडर नेपालको पूर्वी भाग पुरै र पश्चिममा नेपालगन्ज सम्म हवाई निगरानी गर्ने क्षमता रहेको छ । जसले गर्दा नेपालको सिमानमा अन्य मुलुकबाट जहाज अवैधानिक रुपमा ल्याएमा राडरले सूचना प्रर्वाह गर्ने छ ।

त्यसैगरी जहाजले गलत बाटो लिएको खन्डमा, मौसम खरावी भएमा लगायत सबै सूचना राडरले दिने छ जसका कारण हवाई सुरक्षा नेपालको प्रगती हुने छ । हवाई सेवालाई सुरक्षित, भरपर्दाे र सुविधायुक्त बनाउन समेत नयाँ क्षमतावान राडरले सहयोग गर्ने छ ।


पुष्प दुलाल