साझा यातायातले अशोक लेलैण्डका नयाँ डिलक्स बस किन्ने



काठमाडौं । साझा यातायातले उपत्यकामा संचालन गर्ने बस अशोक लेलैण्डको प्रयोग गर्ने भएको छ । यस सम्बन्धी समझदारी पत्रमा नेपालकालागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आईएमई मोर्टस् र साझा यातायात बिच सम्झौता भएको हो ।

आईएमई मोर्टस्का प्रमुख कार्याकारी अधिकृत कपिलशिवाकोटी र साझायातायात सहकारी संस्थाका कामुप्रमुख कार्याकारी अधिकृत महेन्द्र पाण्डेले सम्झौंता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्तबसहरु १८० एचपी भएको इन्जिन, एयर सस्पेन्स नभएको लक्जेरियस बस, इनलाइनएफआईपी, एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्ने जस्ता सुबिधा रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु