होण्डाले ल्यायो नयाँ स्कुटर ग्रेजा, तीन भेरिएन्टमा उपलब्ध, मूल्य कति ?



काठमाडौं । होण्डाले ‘अर्वान एड्भान्स स्कुटर’ स्लोगन दिएर ग्रेजा स्कुटर सार्वजनिक गरेको छ । ग्रेजा होण्डाले सार्वजनिक गरेको यो सालको तेस्रो मोडल स्कुटर हो ।

भि सेप हेडलाईटमा उपलब्ध यो स्कुटरमा सबै लाइटहरु एलइडी प्रयोग गगरिएको कम्पनीले जनाएको छ । ६ कलर भेरियन्टमा उपलब्ध ग्रेजा मेटालिक ओरेन्ज, ग्लोस् व्ल्याक, रातो, सेतो, मेटालिक ग्रे र मेटालिक बुल्यु कलरमा छन् ।

कम्बी ब्रेक सिस्टममा आएको यस स्कुटरमा १२ इन्च हुइल बेस रहेको छ । १२५ सिसि इन्जन क्षमता रहेको यस स्कुटरमा ५.३ लिटर इन्धन अट्ने ट्याङकी राखिएको छ ।

१०७ किलो पुरा तौल भएको यो स्कुटर सहर एरियाको लागि उपयुक्त भएको कम्पनीले जनाएको छ । ग्रेजा स्कुटर ३ भेरिएन्टमा बजारमा पाउन सकिने होण्डाले जनाएको छ । होण्डाका अनुसार ग्रेजा स्टायर्डड, ग्रेजा एलोइ र ग्रेजा डिलक्स् रहेका छन् ।

भारतीय बजारमा नेभेम्बर ८ बाट बिक्री खुल्ला भएको ग्रेजा स्टायर्डडको मुल्य ५७ हजार ८९७, ग्रेजा एलोइको ५९ हजार ८२७ र ग्रेजा डिलक्स्को मूल्य ६२ हजार २६९ रुपैयाँ तोकिएको छ ।

नेपालमा कहिले ?

भारतीय बजारमा आएका होण्डाका सबै स्कुटर नेपाली बजारमा आउने गरेका छन् । नेपाली सडकमा पछिल्ला दिनमा स्कुटरको उपस्थिति बाक्लिदै गएको समयमा यो ग्रेजा पनि कम्तीमा ६ महिना भित्रै नेपाल भित्रने अनुमान लगाउन सकिन्छ ।


क्लिकमान्डु