३ सय सार्वजानिक शौचालय बनाउने काठमाडौंका मेयरको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मास्क नलागाई हिँड्न सक्ने शहर बनाउने बताएका छन् । मेयर शाक्यले आज रत्नपार्कमा बायोग्याँस प्लाटको शिलन्यास गर्दै मास्क नलगाई हिँड्न सक्ने शहर बनाउने बताएका हुन् ।

कार्यक्रमा मेयर शाक्यले निर्वाचित जनप्रतिनिधिबाट जनताले धरै आस गरेको भएपनि आफूले जनातको अपेक्षा अनुरुपको काम गर्न नसकेकोे स्विकार गरे ।

‘जनताले काठमाडौंको मेयरबाट ठूलो आशा गरेका थिए, तर जनताले अनुभूति हुने किसिमको काम गर्न सकेको छैन,’ मेयर शाक्यले भने ।

जनताले माक्सबिना शहरमा हिड्नका लागि क्लिन द सिटी अभियान सुरु गरेको उनले बताए ।

क्लिन द सिटी अन्तरर्गत शहरलाई हराभरा बनाउनका लागि आइल्याण्डमा दुबो, विरुवा, फुल रोप्ने कार्य महानगर सुरु गरिसकेको छ । साथै, सडकपेटिमा जापनिज फुल साकूरा रोप्ने तयारीमा महानगर लागेको छ ।

रत्नपार्कमा बायोग्याँस प्लान्ट

महानगरले रत्नपार्कको सार्वजनिक शौचालयबाट बायो ग्याँस उत्पादन गर्ने भएको छ । मेयर शाक्यले आइतबार बायोग्याँस प्लान्टको शिलन्यास गरे ।

५औं विश्व चर्पी दिवसको उपलक्ष्यामा सार्वजनिक शौचालयको फोहोर पानी व्यवस्थापनका लागि बायोग्याँस प्लान्ट निर्माण गर्न लागिएको हो ।

सार्वजनिक शौचालयबाट उत्सर्गन हुने फोहोर पानीको उचित व्यवस्थापन र शौचालयललाई स्वच्छ बनाउनका लागि बायोग्याँस प्लाट निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

‘हामी काठमाडौंको नदिनाला सफा बनाउने भन्छौं, शौचालयबाट निस्कने पानीको ब्यावस्थापन नभएसम्म नदि सफा हुने छैनन्,’ शाक्यले भने ।

काठमाडौंका सार्वजनिक शौचालयहरु फोहर भएकाले जनताले निकै सास्ती व्यहोर्नु परेको उनको बुझाई छ ।

‘५/१० रुपैयाँ उठाइएको भरमा शौचालय व्यवस्थापन गर्न कठिन हुन्छ,’ उनले भने ।

वैकल्पिक उर्जा उत्पादन गर्न सकिए आम्दानीको स्रोतमा वृद्धिभई व्यवस्थापनमा सुधार ल्याउन सकिने उनको भनाई छ ।

रत्नपार्कको बायोग्याँस प्लाट एरोसान र गुठीको आर्थिक सहयोगमा निर्माण गरेको हो । प्लाट निर्माणका लागि ६ लाख रुपैयाँ खर्च हुने महानगरले जनाएको छ । रत्नपार्कको बायोग्याँस प्लाटबाट उत्पादन हुने ग्याँस खाना पकाउन र बत्ति बाल्न प्रयोग गरिने छ ।

एरोसान नेपालका राष्ट्रिय प्रतिनिधि प्रकास अमात्यले प्रत्यक महिना प्लाटबाट ३ देखि ५ वटा सिलिण्डिर ग्याँस उत्पान हुने जानकारी दिए ।

फोहोर पानीबाट ग्याँस उत्पादन हुन्छ । ठोस फोहरबाट कम्पोस्ट मल बन्ने भएकाले सार्वजनिक शौचलय व्यवस्थापनमा कठिनाईन नहुने उनको बुझाई छ ।

३ सय सार्वजनिक शौचालय निर्माण गर्ने

काठमाडौं महानगरले ३ सय वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । मेयर शाक्यले सार्वजनिक निजी सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने बताएका छन् ।

शौचालय निर्माणका लागि इच्छुक व्यक्ति, संघ–संस्थासँग सल्लाह र सहकार्य गर्न तयार रहेको उनले बताए ।

‘तपाईहरु प्रस्ताव ल्याउनुस्, तपाईहरुको प्रस्तावको आधारमा सार्वजनिक शौचालय निर्माणको कार्य अगाडि बढाइन्छ,’ शाक्यले भने ।

रत्नपार्क अब शंखधर पार्क

रत्नपार्कको नाम शंखधर पार्क नामकरण गरिएको मेयर शाक्यल जानकारी दिए । रत्नपार्कको नाम परिवर्तन गरिएर शंखधर पार्क राखिएको छ । केहि दिनभित्रमा शंखधर पार्कको नाममा बोर्ड राखिने उनले बताए ।


पुष्प दुलाल