एलजीका टप लोडेड वासिङमेसिन बजारमा, ३६ प्रतिशत ऊर्जा बचत हुने



काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजि इम्पेक्सले नेपाली बजारमा प्युचर अफ वासिङमेसिन भन्ने नाराका साथ नयाँ ७ र ८ केजीका टप लोडेड वासिङमेसिन ल्याएको छ ।

विश्व बजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङमेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात छन् । यी वासिङमेसिनमा टर्बो ड्रम जडान गरिएको छ । जसको प्रयोगले तीन फरक किसिमले लुगाधुने गर्दछ ।

यी दुबै मेसिनमा स्मार्ट इन्भटर मोटर जडान गरिएको छ । जसमा कम्पनीले १० वर्षको वारेण्टी दिएको जनाएको छ । यसमा भएको बीएमसी मोटर वाटर प्रुफ र खियान लाग्ने रहेको कम्पनीको दाबी छ । यी वासिङ्गमसिनले ३६ प्रतिशत उर्जा बचत गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु