निगमले १० बर्षपछि जापानमा सिधा उडान गर्दै, दक्षिण कोरियासमेत उड्ने अनुमति पायो



काठमाडौं । नेपाल वायुसेवा निगमले १० वर्षपछि बल्ल जापान उडान सुरु गर्ने तयारी थालेको छ । निगमले खरिद गर्न लागेको वाइडबडी जहाज जापानको ओसाकामा उडान भर्नको लागि प्रक्रिया सुरु गरेको हो ।

निगमले खरिद गर्ने प्रक्रियामा रहेका दुई ठूला वाइबडी जहाज ३३०-२०० सिरिजको जहाज मार्फत जापान उडान थाल्ने तयारीमा निगम लागेको हो । निगमले सातामा तीन वटा उडान जापानको ओसाका गर्ने छ ।

निगमले यसअघि जापानमा सन् १९९४ देखि सन् २००७ सम्म उडान गरेको थियो । जहाज अभाव भएपछि जापानसंग उडान रोकेको र जहाज आउने वित्तिकै पहिलो उडान जापानसंग गर्ने तयारी निगमले गरेको हो ।

निगमका वाईडबडी जहाज आगामी जेठ महिनासम्ममा नेपाल आउँदै छ । जापानको ओसाकाको लागि पत्र पठाएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । पहिलो उडाननै दक्षिण कोरियाको सोल र जापानको ओसाका गर्ने गरी तयारी गरेको कंसाकारले जानकारी दिए ।

नेपालबाट सिधा उडान हुन सकेमा विशेषगरी नेपालीहरु लाभाविन्त हुने छन् । भने जापनीज पर्यटक समेत बढ्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाको सोल विमानस्थल कार्यालयले भने उडानको लागि स्विकृत दिइसकेको छ । त्यस्तैगरी जापानको ओसाकाको लागि भने पत्र पठाएको र जापानले अझै व्यहोरा पत्र प्रक्रिया पुरा गर्न भन्दै पत्र पठाएको छ । जसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले हाल पत्र पठाउने तयारी गरिरहेको छ । मन्त्रालयले भने ओसाका भन्दा नागोया उडान गर्नको लागि सुझाव दिएको छ ।

दक्षिण कोरियामा कामदार भिषामा गएका झन्डै ४० हजार नेपालीहरु रहेका छन् त्यस्तैगरी शैक्षिक भिषामा पनि बार्षिक १ हजारका दरले दक्षिण कोरिया जाने गरेका छन् । भने व्यवसायिक भिषामा कोरिया जाने पनि सयौको संख्यामा हुने गरेका छन् ।

जापानमा हाल ८० हजार भन्दा बढी विद्यार्थी भिषामा नेपालीहरु गएका छन् । बार्षिक ३ हजार विद्यार्थीहरु पछिल्ला समय अध्ययनको लागि जापान जाने गरेका छन् । भने कुक तथा अन्य कामदार भिषामा पनि बार्षिक सयौको संख्यामा नेपालीहरु जापान पुग्ने गरेका छन् ।

नेपालबाट सिधा उडान हुन सकेमा विशेषगरी नेपालीहरु लाभाविन्त हुने छन् । भने जापनीज पर्यटक समेत बढ्ने अपेक्षा गरिएको छ । हाल जापानसंग सातामा तीन वटा मात्रै उडान गर्नको लागि हवाई सम्झौता रहेको छ । जापानले उडान सुरु गरेपछि मात्रै हवाई सम्झौता पुनरावलोकन गर्ने बताउँदै आएको छ । निगमले सुरुमा कोरिया र जापानमा सातामा तीन वटा उडान गर्ने तयारी गरेको हो ।

निगमलले दुई थान जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात् २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गर्दै छ । जसको लागि बैना रकमको ८ अर्व रुपैयाँ पहिलो किस्ता वापतको रकम पठाइसकेको छ । निगमले जसको लागि कर्मचारी संचयकोष र नागरिक लगानीकोषसंग १२/१२ अर्ब रुपैयाँ ऋण लिएको छ । जसको लागि दुवैसंस्थाले पहिलो चरणमा ४/४ अर्ब रुपैयाँ निगमलाई दिइसकेका छन् ।

निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । सोही योजना अनुसार दक्षिण कोरियाको सोल र जापानको ओसाका उडान गर्ने तयारी थालेको हो । हाल नेपालबाट जापान तथा दक्षिण कोरिया जानको लागि ४० देखि ५० हजार रुपैयाँसम्म हवाई भाडा तिर्दै आएका छन् ।


क्लिकमान्डु