विश्वका सबैभन्दा कान्छा अर्बपति, जो सफ्टवेयर बेचेरै अर्बौं कमाउँछन



काठमाडौं। मात्र २७ वर्षको उमेरमा नै विश्वको अर्बपतिको सूचीमा नाम समावेश हुँदा जो कसैलाई पनि अचम्म लाग्दछ । यस्तै अचम्म विश्वको सबैभन्दा कान्छो अर्बपति जोन कलिसनलाई पनि लाग्ने गर्दछ ।

केबल २७ वर्षको युवा उमेरमा नै अर्बपति भएका जोन कलिसनलाई केहि अचम्म लाग्ने गर्दछ जब मानिसहरुले उनलाई विश्वको सबैभन्दा कान्छो र आफ्नै बलबुतामा बनेका अर्बपति भनेर भन्ने गर्दछन् ।

जोन आफैंमा आत्मविश्वासले भरिपूर्ण छन र सहजै सबैसँग घुलमिल हुन्छन् । तर कसैले तपाईँसँग कति पैसा छ भनेर सोध्दा भने उनी अलमलमा पर्ने गर्दछन् ।

‘मानिसहरु आजकाल यो प्रश्न निकै गर्न थालेका छन् । मलाई यस्तो लाग्दछ की उनीहरु कुनै चाखलाग्दो उत्तर चाहन्छन्, तर मसँग उनीहरुलाई भन्ने केहि छैन्,’ उनी भन्छन् ।

आईरिस मूलका जोन अमेरीकाको सान फ्रान्सिस्कोमा स्ट्राइप नामक एक सफ्टवेयर व्यवसाय संचालन गर्दछन जसको शुरुवात उनले आफ्नो भाई प्याट्रिकसँग मिलेर सन् २०११ मा गरेका थिए ।

उनको सफ्टवेयर कम्पनीहरुले वेबसाइट संचालन गर्ने तथा इन्टरनेटको माध्यमबाट भुक्तानी लिन सहयोग गर्दछ ।

विश्वभर एक लाख भन्दा पनि बढि ग्राहक भएको यो कम्पनीको नेट वर्थ ९.२ अर्ब अमेरीकी डलर रहेको बताईएको छ ।

फोब्र्सकाअनुसार जोन र उनका भाई प्याट्रिकको छुट्टा छुट्टै करिब १.१ अर्ब डलरको सम्पत्ति रहेको छ ।

प्याट्रिक विश्वको तेस्रा सबैभन्दा कम उमेरका अर्बपति हुन् । स्न्यापच्याटका सहसंस्थापक इवान स्पीगल दुई भाईहरुका बीचमा दोस्रो नम्बरमा अर्बपतिको सूचीमा छन् ।

‘मानिसहरु अर्बपति भएपछि तपाईँको जिन्दगी कति परिवर्तन भयो भनेर सोध्ने गर्दछन् । उनीहरु जान्न चाहन्छन कि के म हिरा जवाहरातसँग सम्बन्धित अण्डाको संग्रह गर्ने वा याट रेसिंग जस्तो महंगा सौखहरु राख्दछु ? जोन भन्छन् ।

तर उनीसँग यस्तो कुनै सोख छैन् । जोनलाई दौड्न निकै मनपर्दछ । जिसलाई उनी व्यावहारिक तथा बिना खर्चसहितको सौखको रुपमा व्याख्या गर्दछन् ।

जोन र प्याट्रिक आयरल्याण्डको एउटा सानो गाउँमा हुर्किएका हुन् । दुबै किशोर उमेरदेखि नै कम्प्यूटर प्रोग्रामिङमा रुची राख्ने गर्दथे ।

स्कूलको पढाई सकाएर दुबै भाईहरुले अमेरीकाका ठूला कलेजहरुमा पढ्ने निर्णय गरेका थिए ।

अमेरीकामा उनीहरु कसैलाई चिन्दैन थिए । तर यसको बाबजुद पनि प्याट्रिकले सन् २००७ मा म्यासाच्यूसेट्स इन्स्टीच्यूट अफ टेक्नोजोली (एमआईटी)मा भर्ना पाए ।

दुई वर्षपछि जोन पनि हार्वर्ड विश्वविद्यालय पुगे । उनीहरु हार्वर्ड आउनुभन्दा पहिले नै लखपति भईसकेका थिए ।

उनीहरुको पहिलो बिजेनस ‘अक्टोमेटिक’ साना कम्पनीहरु र कारोबारीहरुलाई वेब पोर्टल ईबेमा सामान बेच्नका लागि सहयोग गर्दथ्यो ।

अक्टोमेटिक सन् २००८ मा ५० लाख डलरमा बिक्री भएको थियो र त्यसपछि दुबै भाईले पुरा ध्यान स्ट्राइपमा लगाएका थिए ।

पढाईका बीचमा उनीहरुले आफ्नो व्यवसायमा ध्यान दिँदै कलेज बीचमा नै छोडेका थिए र स्ट्राइप लन्च गरेका थिए ।

‘तपाईँलाई लाग्दो हो कि एउटा अनलाइन बिजनेस शुरु गर्नमा के कठिनाई हुन्छ र ? तर इन्टरनेटमा मानिसहरुबाट रकम कमाउनु निकै कठिन काम हो,’ उनले भने ।

अहिले स्ट्राइपमा ७५० मानिसहरु काम गरिरहेका छन जसमध्ये ५०० सान फ्रान्सिस्कोमा र अन्य १५० जना विश्वको विभिन्न स्थानबाट काम गरिरहेका छन् ।

जोन र प्याट्रिक दुबै सान फ्रान्सिस्कोको एउटा अपार्टमेन्टमा बस्ने गर्दछन् । अर्बपति भएपछि कस्तो लाग्यो भनेर सोध्दा जोनले भने, ‘यो केबल क्यालकुलेटरमा हुन्छ । जे भईरहेको छ, त्यो ठीक छ, तर अझै धेरै गर्नका लागि बाँकी छ ।’

बिबिसी हिन्दीबाट


क्लिकमान्डु