नागरिक उड्डयन प्राधिकरणमा ३४ पदमा १ सय ४० जनाको लागि रोजगारीको अवसर



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३४ पदको लागि १ सय ४० जनालाइ रोजगारीको अवसर दिने भएको छ ।
प्राधिकरणले ११ औ तहको निर्देशक देखि तीन तहको सहायकसम्मको लागि आवेदन माग गरेको छ ।

प्राधिकरणले एकघारौं तहको १ निर्देशक, दशौ तह उपनिर्देशक ४ जना, नवौ तहको प्रवन्धक २ , आठौ तहको उपप्रवन्धक ५ जनाको माग गरेको छ ।

प्राधिकरणले प्रशासन, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, लेखा, राजश्व, रोनटिकल ईन्जिनियर, एभिएसन फाएर सर्भिस लगायत पदमा आवेदन माग गरिएको हो । प्राधिकरणले मंसिर ६ गते देखि पुस ६ गतेसम्मको लागि फारम भर्ने म्याद तोकेको छ ।

फारमको लागि १ सय रुपैयाँ तोकिएको छ । भने भर्नको लागि पदअनुसार निर्देशकको लागि १ हजार १ सय , उपनिर्देशकको लागि १ हजार, नवौ तहको लागि ९ सय गदैै तह अनुसारको रकम तोकिएको छ । तेस्रो सहायक तहको लागि प्राधिकरणले ३ सय रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु