जब ४ करोड हालेर १२ वर्षका बालकले कारको नम्बर किने…!



काठमाडौं । अबूदाबी पुलिसको एक निलामीमा एक १२ वर्षिय बालकले एउटा कारको नम्बर ४ लाख डलरमा (४ करोड रुपैयाँ) मा किनेका छन् ।

उक्त बालकले ११११ नम्बरको प्लेटको लागि १५ दिरहम तिरेका हुन् । विशेष पन्जीकरण नम्बरको यो निलामी पुलिसको लागि पैसा जुटाउनको लागि गरिने गरिन्छ ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार खलीफा अल मजदुई नामका बालकले एउटा कुरान गायन प्रतियोगीतामा ५ लाख दिराम पुरस्का जितेका थिए ।

बाँकी पैसा उसले आफ्ना बाबुसँग लिएका थिए । यो नम्बर प्लेट उक्त बालकको मर्सिडिजमा लगाइने छ । यही कारमा चडेर उनी विद्यालय जाने गर्छन् ।

तर, पछि केही समयसम्म भने उनी त्यो कार दगाउन सक्ने हुने छैनन् । कारण यो हो कि संयुक्त अरबमा कार चलाउनको लागि न्यूनतम पनि १८ वर्षको हुनुपर्ने छ ।

यो नम्बर निलामीमा सबैभन्दा महंगोमा भने विक्री भएको हैन । नम्बर २ को प्लेट २७ लाख डलरमा बिक्री भएको थियो जसलाई एक व्यापारीले किनेक थिए ।

नम्बरलाई किनेका व्यापारी अहमद अल मरजूलीले भने ‘मलाई मेरो देशप्रति गर्व छ । र, म यो पैसा दानमा दिन चाहान्छु । पुलिसको नम्बर बेचेको पैसाले गरिबहरुको लागि खर्च गर्नेछु ।’

गएको वर्ष २ वटा यस्तै निलामीमा १ नम्बरको प्लेट ३ करोड १ लाख दिराममा बिक्री भएको थियो । यो वर्ष नम्बरको निलामीमा पुलीसहरुले झण्डै साढे २ करोड जम्मा गरेका छन् ।


पुष्प दुलाल