देशभित्र बढ्दै छन् हवाई यात्रु, नौ महिनामा १७ लाखले चढे जहाज



काठमाडौं । सन् २०१७ को ९ महिनामा आन्तरिक तर्फ १७ लाख ४ हजार भन्दा बढी यात्रुले देशको विभिन्न ठाउँमा हवाई यात्रा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल कार्यालयका अनुसार सन् २०१६ को जनवरीदेखि सेप्टेम्बरसम्म हवाई यात्रा गर्नेको संख्या ११ लाख ९७ हजार थियो ।

सन् २०१७ को ९ महिनामा पाँच लाखभन्दा बढी यात्रुले आन्तरिक तर्फका हवाई यात्रु हुन । आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने तीव्र प्रतिस्पर्धासंगै हवाई यात्रु पनि बढेका हुन । हाल विमान कम्पनीका ४० वटा विमान पुगेको छ । सन् २०१७ को ९ महिनामै आन्तरिक हवाई यात्रुको संख्या ३० प्रतिशत बढी हो ।

सडकयात्रा कष्टकर बन्दै गएपछि पछिल्लो समय हवाई यात्रा गर्ने यात्रु बढिरहेका छन । सन् २०१६ मा आन्तरिक हवाई यात्रा गर्नेको संख्या २३ प्रतिशतको हाराहारीमा बढेको थियो । यो वर्ष हवाई यात्रा गर्नेका संख्या ३२ प्रतिशतले वृद्धि आउने विमान सञ्चालक बताउँछन् ।

सन् २०१७ को ९ महिनामा ६४ हजार चार सय ६५ वटा उडान तथा अवतरण भएका छन । २०१६ को सोही अवधिसम्म ४७ हजार नौ सय ६० मात्रै थियो । हाल २८ वटा विमानस्थल मात्रै संचालनमा रहेका छन् । नेपालमा ५६ वटा आन्तरिक उडानका लागि विमानस्थलहरु निर्माण भएका छन् । त्यसमध्ये २३ वटा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको छ ।


क्लिकमान्डु