घर-घर किराना सामान पुर्याएरै ३५ सय करोडका मालिक




काठमाडौं । घर घरमा किराना सामान पुर्याएर एक जना व्यक्ति ३५ सय करोडको मालिक भयो भन्ने सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ । अझ नेपालमा त यस्तो काम गरेर यतिधेरै कमाउन सकिएला भन्ने सोच्न राख्ने छँदै छैनन् भन्दा हुन्छ ।

तर, भारतीय मुलका अमेरिकी नागरिक अपूर्व मेहेताको मिहिनेतले ३५ अर्वको मालिक भएका छन् । जसको लागि उनले कुनै पनि समय अल्छि गरेनन् । २४ घन्टा नै उनले आफ्ना ग्राहकका लागि समय दिए ।

अपूर्वको जन्म क्यानडामा भएको हो । उनले बाल्यकाल प्रविधिमा निकै ठूलो मिहिनेत गरेर बिताए । उनी हरेक समय केही नयाँ जान्ने इच्छ लिन्थे र नयाँ नयाँ काम गर्ने उनको बाल्यकाल देखिकै बानी थियो । भारतीय अनलाइन मिडिया केन्फोलोजिसले उनको बारेमा रिपोर्ट बनाएको छ ।

उनले सन् २००८ मा इलेक्ट्रिकल इन्जिनियरिङ पास गरे । अनि एउटा ठुलो कम्प्युटर कम्पनीमा काम गर्न थाले । उनी त्यो कामबाट भने सन्तुष्ट हुन सकेनन् । उनी उक्त काम छाडेर आफै एउटा कम्पनी चलाउने अभियानमा जुटे ।

उनले एक वकिलको साथ लिएर सोसल नेटवर्क बनाएर १ लाख डलर खर्च गरे । केही महिना पछि आफ्नो यो कामबाट पनि सन्तुष्ट हुन नसकेपछि उनले एउटा एप्स बनाए ।

उनले बनाएको एप थियो ‘इन्स्टाकार्ट’ ग्रोसरी डेलीभरी एप । २६ वर्षीय अपूर्वले अव यो एप्सको माध्यमबाट समानको अर्डर लिने र घर घरमा समान पु¥याउने कामको सुरुवात गरे ।

सन् २०१२ बाट सुरु गरेको अपूर्वको कम्पनीका अहिले ३६ वटा केन्द्र छन् । २५ राज्यका १२ सय शहरमा समान सप्लाई हुन्छ । फोव्र्सले समेत उनको कम्पनीको बारेमा भनेको छ, ‘द मोस्ट प्रमिसिङ कम्पनी इन अमेरिका’ ।

आज इन्स्टाकार्टको सम्पति करिब ३.४ बिलियन अमेरिकी डलर बराबर रहेको फोब्सले जनाएको छ । उनी फोब्र्सको युवा धनीहरुको सुचिमा समेत रहेका छन् ।


क्लिकमान्डु