४ सय १२ डलरमै बन्छ आइफोन एक्स (डाटासहित)




काठमाडौं । आइफोन एक्सको सबैभन्दा कम स्टोरेज भैरिएन्ट ६४ जीबी बजारमा १ लाख ४२ हजार ४ सय रुपैयाँमा ल्याइएको छ ।

के तपाइलाई थाहा छ सेप्टेम्बर १२ मा आएको यो फोनको लगानी कति होला ? आइफोन चलाउने मन त सबैलाई हुने गर्छ । तर, बजेटको कारण कयौं मानिसहरु आइफोन किन्न सक्दैनन् ।

चीनमा इन्डस्ट्रिका जानकारकहरुले खोज पड्ताल गरेका छन्, आइफोन एक्सको हरेका पार्टको लागत कति छ ? भन्ने कुराको । उनीहरुले आइफोन एक्सको कुल लागत पत्ता लगाएका छन् । तपाइलाई अच्चम लाग्न सक्छ आइफोन एक्सको लागत मूल्य ४१२.७५ डलर नेपाली मूल्य अनुसार लगभग ५६ हजार रुपैयाँ रहेको छ ।

आइफोन एक्सको कुन पर्टसको मूल्य कति ?
आइफोन एक्समा सबैभन्दा महङगो पार्टस् यसको डिस्प्ले रहेको छ । सामसङद्धारा बनाइएको यसको ५.८ इन्च ओलेड (OLED) पैनल ८० डलरको हो । यसको डिस्प्लेको मूल्य कुनै अरु पार्टस् भन्दा बढी महंगो रहेको छ । २५६ जीबी नाडा मेमोरीको मूल्य ४५ डलर रहेको छ । यस्तै र्यामको मूल्य यसको झण्डै आधा अर्थात २५ डलर रहेको छ ।

एप्पलले आफ्नो नयाँ आइफोनमा बायोनिक चिपसेट राख्ने घोषणा गरेको थियो । यसलाई TSMC द्धारा उनीहरुको 10nm प्रोसेस टेक्नोलजीबाट बनाइएको हो । यसको एउटा चिपसेटको मूल्य २६ डलर रहेको छ । यसमा प्रयोग गरिएको क्वालकम मडेमको मूल्य १८ डलर रहेको छ ।

एप्पल आइफोन एक्स प्रोडक्सनको लागत लगभग ४१२.७५ डलर अनुमान गरिएको छ । यसको थ्रीडी सेन्सर पनि महंगो रहेको छ । यसको मूल्य २५ डलर रहेको छ । यसको फ्रन्ट प्यानल ग्लासको पछाडी राखिएको छ जुन १८ डलरको हो ।

यदी सबै पार्टसको लागतलाई मिलाएर हेर्दा आइफोनको यस मोडलको मूल्य धेरै रहेको छैन् । तर, यसको मूल्यमा उत्पादन लागत र आरएण्डडी बापतको लागत जोडिएको छैन ।


क्लिकमान्डु