चिलिमेमा रोजगारीको अबसर, इच्छुकले पुस १० गतेसम्म आबेदन दिन सक्ने



काठमाडौं । चिलिमे जलबिद्युत कम्पनीले खुल्ला प्रतियोगात्मक परिक्षाद्धारा रिक्त पदमा पदपूर्ति गर्ने भएको छ । कम्पनीले २८ जना कर्मचारी आवश्यकता भएको बिज्ञापन निकालेको हो ।

उप प्रबन्धक ९ औं तहमा १ जना, सहायक प्रबन्धक ८ औं तहमा ४ जना र मेकानिकल तथा इलेक्ट्रिकल इन्जिनियर ७ औं तहमा १८ जनाको लागि आबेदन खुल्ला गरेको छ ।

साथै, कम्पनीले लेखा, प्रशासन, प्राविधिक, जियोलोजी लगाएत समूहमा कर्मचारी माग गरेको छ । सुपरभाइजर, लोखापाल तथा स्टोरकिपरको लागि ५ औं तहमा ५ जनाको लागि आबेदन माग गरेको छ ।

इच्छुक आबेदन कर्ताले चिलिमे जलबिद्युत आयोजनाको वेभसाइटबाट www.chilime.com.np बाट फाराम डाउनलोड गर्न सक्ने छन् । फाराम बुझाउँदा ९ औं तहकोलागि १२७५ रुपैयाँ परिक्षा दस्तुर तिर्नु पर्नेछ भने ८ औं तहकोलागि १०७५, ७ औं तहको लागि ८७५ र ५ औं तहको लागि ५५० रुपैयाँ तिर्नु पर्नेछ ।

इच्छुक आबेदन कर्ताले पुस १० गतेसम्ममा आबेदन दिन सक्ने कम्पनीले प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु